********** गजल **********
१
जिन्दगीमा अलिकति चुके भने माफ गर
बन्धनको लगनगाँठो फुके भने माफ गर
वारि तिमी पारि म छु भङ्गालो छ त्यो बिचमा ,
अनायासै यो नदि झै सुकें भने माफ गर ।
जिन्दावाद , मुर्दावाद नारा आखिर केका लागि?
चन्द्र सुर्य त्यो निशानी झुके भने माफ गर ।
मन भरि तिमी नै छौ वचनमा तिमी नै छौ ।
अक्सर कुनै बाटोहरु ढुके भने माफ गर । ।
२
च्यात्तिएको कागज भरि लेखे जिन्दगीलाई,
साराङ्गीको तार सरि रेटे जिन्दगीलाई|
साहु थियो टाउको भरि मनमा उस्तै पिडा,
जसो तसो सम्हालेर छेके जिन्दगीलाई|
अरु जस्तै धनी बन्ने चाह.. राखी मैले ,
स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीलाई|
सयौँ खोला घुम्ती अनि सागर तर्दै आज ,
यति टाढा एकान्त मा भेटे जिन्दगीलाई|
परिश्रम र पसिनाका सागर भित्र डुबी ,
हरेक प्रहर सपनिमा देखे जिन्दगी लाई ।
३
गरिबी को धनी सग मित्र हुन सक्छ
यहाँ तिम्रो पनि यस्तै चरीत्र हुन सक्छ
बाहिर जति हासो देखाय पनि के गर्ने
मन देखि मुटु जलेको भित्र हुन सक्छ
मेरो लास माथि तिमी हास्दै गर्दा सोचे
मायाको खेला पनि बिचित्र हुन सक्छ
मनकाे देउता न पुजी नसाेच्नु हाेला
मुर्ति लाई ढोग्दैमा पवित्र हुन सक्छ
४
पराई हो म त तिमी यहाँ चिन्छु नभन
ब्यापार हैन पैसाले माया किन्छु नभन
साथ दिने जिन्दगीमा हजार हुदा हुँदै
मेरो लागि तिम्रो हात यहाँ दिन्छु नभन
मेरो पनि मुटु यहाँ दुख्छ कहिलेकाही
तैसैले बन्दगिमा तिम्रो मुटु लिन्छु नभन
बिदेशी को गुलामी भै ल्याको पैसाले
भो प्रिय याहा सबैलाई उछिन्छु न भन
५
अकमाल गरि मेची महाकाली रोएका छन
तराई पहाड सगसगै हिमाली रोएका छन
हिजो पुर्खाले रगतको खोला बगाएको देशमा
आज त्यहि बेच्न नपाएर दलाली रोएका छन
जातीयका नाउमा हिजो लडेका हुन दाजुभाइ
आज तिनै पिरले उकाली ओराली रोएका छन
अरे म कुनै रास्ट्रबादी हैन देख्दैछु आखाले
अ्मर सहिद र आज बिर गोर्खालि रोएका छन
नाम:-उमेश भट्टराई खोटाङ्गि
ठेगाना :-खोटाङ ज्यामिरे छ नेपाने
हाल:-मलेसिया पेनाङ्ग
जन्म स्थान :-खोटाङ्ग
0 comments:
Post a Comment