प्रदेसि को संदेश

कस्तो अचम्म को हुदोरहेछ बिदेश । पैसाको रुखै रुख हुदो रहेछ बिदेश । हो म पनि गाउमा हुँदा एस्तै सोच्ने गर्थे । आज सोच्दा सोच्दै बिदेश आएपछि थाहा भयो कि बिदेश आउने सोच जिन्दगि मा नी नसोच्ने कुरो रहेछ बिदेश । साचै मपनि आज यो दूबै को मरु भुमिमा आगोले सेकेझै घामले सेकिदै छु । आज म याहा आएको पनि 17 महिना भईसकेछ र अझै कति बस्नु पर्ने हो यो मरु भुमिको घाम तापेर' जब म आफ्नो देश छोडेर बिदेश हिडे त्येहि दिन बाट म पागल भएको छु । के कुरा मा पागल भए त्यो कस्लाई थाहा छर ? मलाई पनि मन थिएन नि आफ्नो देश गाउ घर छाडेर बिदेशिने रहरत तर केगर्ने?आफ्नो उज्वल भबिष्ये को लागि सानैमा बिदेश जाने भुत चढ्यो मलाई जब म यो दुबैको मरुभुमी माथिटेके तब मलाई थाहा भयोकी नेपाल मैकेहि गरि खानु पर्ने रहेछ भनेर । भन्ने गर्छन कि गाँउ घर मा बिदेशिलाहुरे तर याहा लाहुरे होईन चाहुरे भएर काम गर्नु पर्छ । पैसाटिप्न रुख चढ्नु पर्छ र पैसा टाप्ने रुख सए तलाको बिल्डिङ हुन्छ याँहा । पैसा टिप्न लाई झुन्डिएर मर्न लगाएको पासो जस्तैडोरि लगाउनु पर्छ याँहा । घाँटिमा डोरि लगाउदा कहिले काहि डर पनि लाग्छ मलाई त्यासैले काम्मा पनि डराऊनेगर्छु । याँहा चर्को घाम भयो भन्नै पाईदैन । नत याँहा दु:खको काम छ एक्छिन बिषाएरगर्छु भन्न पाईन्न छ " काम गर्नु पर्छ मरी मरीकहिले दिन कहिले रातको डियुटि भयो भन्न पनि पाईदैन बिदेशमा ।
गाली सुन्दा सुन्दै त्यो एक मैना पनि छिट्टै बित्छ ।
जसो तसो एक महिनाको सेलेरि चार सएस आउछ । गाँउ घर मा भन्ने गर्थे गाँऊले हरु मेरा छोरा बिदेश, मेरा दाई भाई बिदेश गएका छन । तर बिदेशि को पिडा कस्लाई थाहा योत भोग्ने लाई मात्रै थाहा छ कि बिदेश एस्तो हून्छ भनेर, टार्नै पर्छ एक छाक यहाँ मिठो खामआज भन्न पाईदैन । याहा केहि पनि भन्न पाईदैन नत चर्को घाम छ भन्न पाईछ नत याहा आज मिठो खम भन्नै पाईन्छ । तेसैले मेरो रोएको जिन्दगि संगै अस्ति एक दिन रोएंछु । रुदा रुदै सबैलाईतेहि आँसु मा देखेँ जब देखें की आज मैले पूरानो साथि उस्को सारै याद आयो ।
काकिहरु म हिड्ने दिन छट्पटिंदै बितेको रातिको याद आयो ।
छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा रुदै घरबाट सबैलाई बाई गरि बिदेश हिडेको दिन पनि सम्झिए ।
हुन होस नहुन होस एउटै घरमा काकिहरु हजूर बा बहिनि साथीसंगी को माया पनि लाग्यो । अनि सारै मिठो लाग्थ्यो मलाई आपँ,र एक दिन आपँ टिप्न जाँदा कति लडेको थिए नउठाउँदै कुल्चिहिंड्ने बिस्वासघाती लाई पनि एक दिन सपनिमा देखेँ'
तेस दिन बाटै मलाई घर जाउ जाउ लाग्थ्यो तर केगर्ने सम्झिन्छु ति सानिमा का भनाई हरु र अच्चम लागेर आऊछ । त्यासैले कहिले काहि त नजाऊ जस्तै लाग्छ । तर केगर्ने मेरि आमाको बाल्य कालनै तिहाँ बितेको छ । तर प्रदेसी यो जिन्दगीप्रदेस मै जाने भयो गाऊको माया सम्झना मै सिमित भयो कता कता फर्की जाउ भोलीनै भन्छु फेरी यहाँ काम छोडनै गाह्रो भयो हास्ने खेल्ने मन मेरो आफ्नै गाऊ घरमा आज प्रदेसी नै जीवन भयो । कसरी बुझाउँ मनलाई यहाँ यस्तै छ बाँच्नु पर्छ पलपल मरी चङ्गा झै चुटिएर पनि काँडा भेट्टछु जिन्दिमा' यहाँ जता ततै फूल भनि चूँड्दा आँसुनै आँसु भेट्टछु । बिताउदै छु प्रदेशि जिबन बढो मूस्किलसंग कर कसैको होईन आफ्नै रहर हो । तहि रहरले गर्दा पाउदा पाउदै नपाउनु को दुख पाईयो बिदेशमा ' जन्म देखिनै दुखै दुखको नाम लेखेँपछि झन प्रदेश मा कहाँ बाट मिल्ला सुख मत आँफू देखिआँफै हारेको मान्छे असार को झरिले चूटीचूटी भूईमा झारेको मान्छे । न मेरो आफ्नो भन्नसकेँ जून कुनै रहर छ प्यासी रहरले प्यास बुझाई परपर सारेको मान्छे । चिच्चाई चिच्चाई छिचोलीहिंडे मृत्युको परिदी लाई मत मृत्युले नै बाटो बिराइ भाँका टारेको मान्छे । अनमोल आस्थाभित्र कुन्जिएका अनेकै हावै हावा हुरीले खडेरीपारी घाऊ पारेको मान्छे ।
यो मरु भुमि मा मैले केनै भेटेँर भेटेँत केबल गाँउका यादहुरुलाई " नत याँहा मेरो उज्वल भबिष्ये नै भेटेँ ' जीन्दगी एक प्रदेशि रैछ, नचाहे नि हिड्नु पर्ने नचाहेरै भएनि, रुदै रुदै काम गर्नु पर्ने बिदेश मा । कैले खुशी थाम्न गाह्रो, कैले दु:ख मनभरि' जे भएनि बाँच्नलाई, प्रदेस हिड्नु पर्ने । मनका सवै ईच्छाहरु, पुरा हुन्नन ' जान्दा जान्दै दुनिँयाको अगाडि, पाँनि जस्तै आँसु झार्नु पर्ने बिदेश मा । म बिदेशि हुनुको साथै मेरो जिन्दगि पनि प्रदेशि भएछ । अनि मलाई छोडेर मेरा सारा खुसि पनि प्रदेसि भएछन् । अनि यो मरु भुमि मा दसैँ तिहार कोहि आफन्त पनि नभेटिदो रहेछ । पोर को साल दसै आयो याहा मेरो दसैदसा भयो, साथिहरु नेपाल मा दसैँ आयो भन्दै कोठा मा आउथे मचै एक भारि ति लहरा जस्ता डोरि बोकेर राति 12 बजे उठेर डियुटि जान्थे । याहाँ दसै आऊनु भनेकोनै नसकि नसकि गर्नु रहेछ । यो बर्ष पनि एस्तै होला घर आउदिन ।
नराख्नु है आमा दसैँमा जमारा घर आउन पाउदिन ।
मरु भुमि को खाणि देशमा छु' छुट्टि पनि पाउदिन । पोरको दशै' आसुमा माटो मुछेर लाए यो बर्ष पनि टिका लाउदिन आमा । केगर्नु आमा रहरले गर्दा सात समुन्द्र पारि कर्मैले डोहोर्यायो ।
तिहा दशै आउदा याहा हाम्रो आसु समुन्द्र सरि बगेको हुन्छ । एस्तै हुदोरहेछ बिदेश को महल । नत याहा तिहार नै आऊछ आउछ । बैनिले उनेको माला को सम्झना याहाँ मईले काम्मा लगाएको डोरिमा सम्झिन्छु । अनि गलाभरि लगाए पोहोरको साल' अनि योसाल पनि लगाउने छु । जेहोस हजुर हरुराम्रै संग मान्नु ल दशै तिहिर म त प्रदेसि भएछु ।मलाई परदेशीको तिहार नसोधेकै बेश, आँखै भरि झल झली पोरको दशैतिहार ।
काका,काकी,आमा,बुबा,इ­ष्ट-मित्र मनमुटुमा बोकी, बाँची रैछु सागर पारी सुखा रोटि टोकी ।
काम-काजको टुंगो छैन,दिन हो कि राति ?
बर्षउ भयो भेटघाट छैन
आफ्ना प्यारा साथी सङ्ग ।
कर्म पनि कस्तो मेरो,भाग्यको यो लेखा,अझै के-के भोग्नु होला खै,कस्ले छ र देखेको ?
भक्कानिएर आसू आउँदा लाग्छ आजै फिरौँ घर सकेसम्म अर्को बर्षमा आउला आमा नरै बस्नुहै । एस्तै छ प्रदेसिको संदेश ।

0 comments: