आउदै छु म अब यो मरभुमी बाट रित्तो हात लिएर ।
आएको थिए हजारौ सपना मन भरि लिएर ॥
ति बुडा बाबा आमा प्रिय जिबन संगिनी छोडेर ।
आफ्नो धनले आफैलाई लिएर सात समुन्द्र तरेर ॥
आशा गर्दा होलान गाउले बाल बच्चा केहि ल्याउछ भनेर ।
साहु महाजन हरु घर घेर्न आउलान म आको सुनेर ॥
बैरीहरु खुसीले नाच्लान मेरो हालत देखेर ।
प्रियसी पनि रमाउलिन मेरो हालत देखेर ॥
तर येहा कसलाई के थाहा छ र प्रदेशीको ब्येथाहा ।
खादै होला के गर्दै होला कसले पो देख्छ र ॥
मेरो त जिबन खरानी भो जिउदो लाश जलेर ।
सकिन मैले कमाउन धन खाडी मा बलेर ॥
त्येसैले आज आउदैछु फर्की आफ्नै देश नेपाल,खोटाङ, हौँचुर सम्झेर ।
साथी भाई को त्यो चोखो माया मुटुमा सम्झेर ॥
छिट्टै आउदै छु गाउ घर लाई सम्झेर ॥॥
0 comments:
Post a Comment