छोडेर आए खोटाङ हौँचुर यो अन्धकार ठाउमा चिने जानेको कोही छैन ।
बरु फर्केर जाऊला तेहि खोटाङ हौँचुर यहाँ बसेर केही भयन ॥
घर घर नै हो काकी हजुर बा आमा बैनिभाई र साथीहरु को याद आइरहन्छ ।
आफन्त बिना को जिन्दगी अन्धकार नै रहन्छ ॥
गुलाफ़को काडा काड़ा नै हो बिजाउने नै भयो ।
तर गुलाफ़ ले पनी सुगन्ध दिनेनी भयो ॥
खडेरी त् खडेरी नै हो उजाड़ नै हुन्छ ।
तर बर्षा पनी मलाई उजाड़ नै लाग्छ॥
मन जलाउने गरी आफन्तहरु को याद आउछ ।
छाडेर आय यहाँ बारम्बार खोटाङ हौँचुर को याद आउछ ॥
यो मन घर र काकि हजुर बा आमा बैनि भाइ अनि साथीहरु सम्झेर मुटु पोल्छ ।
खुसी र उमङ्गहरु मलाई आजकल फीका लांग्छ ।
सफलताहरु आजकल मलाई हार लाग्छ ।
हरेक चाहना हरु सबै तितर बितर हुन्छ ।
किनकी यो मन आफ्नो प्यारो खोटाङ हौँचुर
घर साथीहरु को सम्झनामा ॥ छिट्टै आउदै छु है ॥
0 comments:
Post a Comment