अनगिन्ती चाह बोकी बिरानीमा भुलेको छु ।
आँधी हुरी सङ्गै बतासिदै डुलेको छु ।।
अनगिन्ती चाह बोकी
बिरानीमा भुलेको छु ।
उकाली र ओरालीमा पसिनाको धारा बगाइ
काँडै-काँडा बीच पनि नमुर्झाइ फुलेको छु ।
जति बुझ्यो बुझ्न गार्हो जिन्दगीको परिभाषा
भोगाइका रङ्गभित्र रमाएर घुलेको छु ।
सपनाको पहाड सजाइ धानको गावा जस्तै रोप्यौ
फुल्नु फल्नु जिन्दगीको रित
सम्झी झुलेको छु ।
मैन थिएँ,समयको शासनले ,ढुङगा बनेँ चुपचाप किनारमा युगौँदेखि खुलेको छु ।
अमृत खड्का खोटाङ हौँचुर चार राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment