मेरो भाग्य

ad+1

मेरो भाग्य अब कहिले पो खुल्ने होमेरो दाइ ?

छातीभित्र लागेको चोट्कसरी पो भुल्ने हो मेरो दाइ ?

हर पल हर दिन फेरिन्छन् है चोट्हरु खुशीका ती क्षणहरु कसरी पो हुल्ने हो मेरो दाइ ?

जता टेक्यो चारैतिर काँडाघारी भेटिन्छन् रङीचंगी फूलबारीमा कसरी पो डुल्ने हो मेरो दाइ ?

जात,भातमा लड्न लगाइ नेताहरु मौन छन् एकत्वको मिठासमा कसरी पो झुल्ने हो मेरो दाइ ?

सयौं थरी फूलका हामी एउटै माला भन्छन् रे एकै माला बन्न अब कसरी पो फुल्ने हो मेरो दाइ ?

अमृत खड्का हौचूर खौटाङ

0 comments: