आँखाको आशु नपुछ्नु प्रिऐ।
रुनु मेरो दैनिकी बनेको छ॥
नपिउ भनी नभन मलाई ।
आत्मा पिंडाले जलेको छ ॥
नजानु भनी बाटो नछेक्नु। आउने वाचा गरिसकेकोछु॥
बाँच्ने आशा अब नेदेखाउ।
जिएर पनि मरिसकेको छु॥
नटिप्नु फुल भनेर मलाई।
हातमा काँडाले घोच्ने छ ॥
नखोज्नु अब कतै मलाई।
भेट्टाउन गार्हो पर्ने छ ॥
नसुनाउनु शुभ समाचार।
नराम्रो सुन्न जानेको छु ॥
नखोज पढ्न अतितका पाना हरु।
फुकाउनै नसक्ने गरीबानेको छु ॥
नसोध किन यस्तो भयौ भनी ।
बढी तिमीलाई नै थाहा छ॥
दुखिको आशुअबनबगाऊ ।
मिलन हाम्रो अब असम्भब छ ॥
ठिकै छ आँखाको आशु नपुछ्नु।
मलाईत्यसैमा डुब्न देउ बिन्ती अबत छाडिदेऊ ॥
अमृत खड्का खोटाङ हौँचुर ।
0 comments:
Post a Comment