कुन्चै शब्दले सम्बोधन गरौ खै

ad+1

कुन्चै शब्दले सम्बोधन गरौ खै ! सारा शब्दकोस भित्र पनि तिम्रो मेरो सम्बन्ध को अर्थ पाउन असमर्थ भए को छु ।
आखिर अर्थबिहिन शब्दहरु बोकेर तिम्रो सामु कत्ती पनि लाज नमानेर आएको मा आँफै लाई सर्मिन्दा लागि रहेको छ शायद तिमीलाई पनि लाज लाग्ला त्यसैले एक पटक माफि चाहन्छु फेरी यिनै अर्थहिन शब्दहरु बाटै .....

थाहै नपाई आज चौदौ महिना हरु ले पनि क्यालेन्डरका पन्ना फेरिसकेछन तिमी र म
दोबाटोमा छुट्टीएपछी पनि तर आजपनि उसै गरी एउटै प्रश्न मेरो मनभित्र उकल्ल उकल्ल गर्छ "आखिर किन म तिमी लाई बिर्सन सक्दिन " ? कसैले भन्छन तेरो जिबनको कुनै अर्थ छैन शायद होला पनि किनकी न त मैले कसैलाई केही दिन सकेको छु न त म आफुलाई नै केही बनाएको को छु मत तिम्रो यादमा हराउनु बाहेक आँखाँका डिलबाट सधैं आँशूका अनुभुती हरु चिप्लि रहन्छन जहाँ तिमी थियौ म थिय अनी सारा खुशी थियो । त्यती बेलाका पलहरु सम्झिदा आज आफ्नो जिबन दुबैको 
मरुभुमी जस्तो लाग्छ जस्तो म यथार्थमा यो मरुभुमिमा बाँचिरहेको छु पुराना खुशीहरु सम्झिएर ....... यो माया भन्ने चिजै यस्तो रहेछ यता तान्यो उता खुम्चिने फेरी उता उकास्यो यता भत्किने, यस्तै भत्किने र खुम्चिने हुँदा हुँदै तिम्रो माया पनि एक दिन चिप्लियो जसको प्रतिफल तिमी रमाइ रहेकी छौ खुशीहरु सँगालेर म छट्पटि रहेको छु तिनै कथाहरु कानी कुथी गरेर । मलाई अहिले पनि ताजै लाग्छ त्यो दिन जून दिन तिमीले मलाई भनेकी थियौ अमृत ! आखिर धनी मानिसले पनि भातै खाने हो र गरीबले पनि भातै खाने हो भने तिमी बेकार मा किन ?
अर्काको देशमा जान्छौ ? फेरी आफ्नै देशमा केही गरे त भावी पूस्तालाइ पनि केही होला तिमी यही पनि त केही गर्न सक्छौ ! तर म
मा त्यती बेला बिदेशिने भुत चढि सकेको थियो भने साथी भाई ले बिदेश बाट फोन गर्दा मनमा रहर बाहेक अरु बिकल्प हरु सोच्ने ध्यान पनि थिएन ।

अनी तिमीलाई रुवाएर हिंडेको थिए । अजा औंला भाँच्दा थाहा भयो यसरी तिमीलाई छोडेर
बिदेश सिएको पनि 14औ महिना भैसके छ । देस छोड्दाको पिडा त भोग्ने लाई मात्रै थाहा हुन्छ यो अबधिमा के भयो भनेर लेख्न पनि मन लाग्दैन । जे होस् आज मलाई तिमीले भनेको साह्रै गढेको छ मेरो मन मुटुमा । हुन त यि बिगत तिम्रो सामु पल्टाएर कुनै अर्थ नै छैन जिन्दगीमा अर्थ नभएको म यसमा अर्थ खोज्नु आँफैमा मुर्खता हो शायद यदी मिल्छ भने माफ गर मलाई मेरो भुल्न नसक्ने यो असमार्थ्यलाई । आज अप्रिल फर्स्टअर्थात अप्रिल फुल जुन दिन मानिसहरु एकले अर्कालाई बेकुफ बनाउछन वा ढाट्छन् त्यसै दिन तिमीले पनि मेरो जिन्दगीलाई अप्रिल फुल मनाएर गएकी थियौ । अत्यान्त आज हाम्रो बिछोड भएको पनि दसौ महिना मा प्रबेश हुँदैछ ।

हरेक दिन जस्तै
यो 14औ महिना मा पनि तिमीलाई पत्र मार्फत आगामी खुशीहरुको शुभकामना दिन चाहन्छु ल अन्यथा नलिनु है , मलाई थाहा पनि छैन बिगतमा मेरा पत्र हरु तिम्रा सामु पुगे वा पुगेनन ।

यदी मेरा यि शब्दहरुले तिमीलाई अघात बनाएको भए म फेरी माफि चाहन्छु । उहि अमृत भाई यु.ए.ई मा हूदाको पल ॥

0 comments: