ad+1

फेरि फोन आयो नम्बर बीना

मैले हेल्लो ! नारी स्वर आयो उताबाट । मैले हजुर .भन्नुहोस् म निन्द्रा मै बर्बराउदै बोले । उता बाट
आरमै हुनुहुन्छ त अमृत जी । खै जसो तसो बाँचेकै छु भन्दा अर्को अर्थ त लाग्दैन होलानी ! यसपाली मैले कुरा लम्बाउने सुर गरे नो नम्बर कि धनी सँग ।


खुशी लाग्यो तपाईं त बाँच्न पाउनु भएको रहेछ !
उनको यो परानो बोली मेरो दिमागमा चढ्दै जान थाल्यो ।

उता बाट म बाच्दा तपाईंलाई
खुशी लाग्नुको केही अर्थ त होलानी ! मैले उनिलाई चिन्ने प्रर्यास जारी राखे । 

यस्तै हुदो रहेछ जिन्दगी मा कतिपय क्षण हरु जहाँ हरेक शब्दहरु बिना अर्थमै लेखिदा रहेछन र शायद मेरो सामु त्यसैको अर्थ भैदिएको भए आज यसरी कसैको प्रतिबिम्ब ले आफु लाई कप्लक्कै खाने त थिएन । 

उनको यस्ता घुमाउरो शब्द मेरा नशा हरु भिज्न थाले ।

मलाई पनि झोक चल्यो मन मनै अनी हास पनि उठ्यो । होइन त्यस्तो बिना अर्थको शब्द लखिदिने को हो त ? त्यो महान लेखक मैले उनको मनसाए जान्ने बिचार गरे ।उता बाट जेहोस अमृत जि म यसैमा खुशी छु किनकी कम्तिमा पनि उसैको याद हरु मा बाच्नु को पनि त छुट्टै मजा हुदोरहेछ उँ जतिसुकै स्वार्थी होस् । 

उनी कुरा गर्न त निकै सिपालु रहेछिन ।

उता बाट मजा त लिनु भएको रहेछ आखिर अर्कालाई स्वार्थ ठान्ने तपाईंका आँखाहरुले आफुलाई कसरी कुन ठाउमा राखेका छन त्यो त तपाईंलाई नै
थाहा छ होला नि फेरी यसमा मेरो के दोश भयो र एस्ता शब्दहरुको चोटिला प्रहर सहनु पर्ने कि कतै तपाईं अझै कुनै भ्रम मा हुनु हुन्छ ।

मैले दिनु पर्ने उचित जबाफ यस्तै ठाने । "ठिकै छ नि त शायद भ्रम मै मेरो अतित गुज्रेको रहेछ र त मैले त्यो मान्छे लाई चिन्न सकिन अनी अहिले
यसरी जिन्दगी जिउने बाध्यता छ मेरो सामु " उनको प्रहार जारी नै थियो । 
उता बाट हेर्नुहोस् बिच्चामा मलाई दोस थुपारेर आफ्नो धन खेर नफाल्नुहोस् । मैले मेरो जिन्दगीलाई पछाडि फर्केर हेर्दा कुनै त्यस्तो घटना भएको पाउन सकिन शायद तपाईंको मान्छे को नाम र मेरो नाम पनि एउटै भएको ले कतै झुक्किनु भएको होला फेरी बोलिले त चिन्नु पर्ने हो। 

मैले त तपाईंको बोली जिबनमै नौलो पाइरहेको छु ।
उता बाट हो हुन त संसारका हरेक मान्छे ले नौलो अनुभव सँगै सबै कुरा नौलो ठान्छन फेरी सधैं नयाँ नौलो मा रमाउने हरुलाई पुरानो कहिलै नौलो कसरी लागोस त ? 

म त थाके तपाईं सँग कुरा गर्न बस जे भन्न मन लाग्छ भन्नुहोस आखिर पैसा तपाईंकै जाने हो क्यारे !!

"उता बाट "हुन त पैसा सँग मनहरु जोखिनाले मेरो हालत यो भैरहेको छ अब म के भन्नु खै पैसा नै त रहेछ तपाईंको जिबनको मार्ग " उफ ! के भनु खै ! के मैले थाकेको मन को नाम थाहा पाउन सकुला ! 

यसपाली कम्सेकम नाम त थाहा पाउनु पर्यो भन्ने मनमा लाग्न थाल्यो तर मैले कुरा नसकिदै हाम्रो संबाद डिस्कनेक्ट भयो । 

सायद् उनको मोबाइल को क्रेडिट सकिएको होला । 
तर मेरो मनभने बेचैनिमा डुब्न थाल्यो । आखिर को होला त यसरी दोसहरु थुपारेर आफु चोखिने अथवा मनभरी बेदनहरु बोकेर कसैको यादमा बाचिरहने । वास्तवमा पिडा हरु बोकेर हिद्ड्दाको तितो अनुभव त हिंड्नेलाई नै थाहा हुन्छ । जे होस् फोन मा कुरा गर्ने यि नो नम्बर कि धनी लाई यो ब्लग मार्फत फोन नम्बर माग्न चाहन्छु अनी सम्भव भए नाम पनि दिनुहुन अनुरोध गर्छु ।

आशा गर्छु हाम्रो अर्को वार्तालाप मा सबै भ्रम हरु नस्ट्र हुने छन ।
अमृत खड्का हौँचूर

0 comments: