अमृत

ad+1

मैले भिरपाखा र भन्ज्याँङहरुलाई सोधें कतै “भबिस्य” लाई देख्यौ कि?

भक्कानो छोडेर रुदै उनिहरुले भने बम र बारुद बनेर आकाशमा उड्दै होला|

मैले मखमलि फुल लाई सोधें उसले रिसाएर भन्यो म आफ्नै समस्याले लाचार छु कैयौ तिहारहरुमा कुहेर झरेको छु।

मैले खोलाहरुलाई सोधें उनिहरुले अबरुद्ध आबाजमा भने मेरो छाती माथि रगर भएर बग्यो होला|

मैले चौतारीलाई सोधें उसले थकित मुद्रामा भन्यो छाँया ताप्न आएनन कोही पनि फगत एक्लै, टुहुरो झै लोलाएर बसेको छु।

मैले माटोलाइ सोधें माटो आजित थियो र उस्ले भन्यो “भबिस्य” लास बनेर गलि सक्यो होला|

मैले कानहरुलाई सोधें उनिहरुले सुन्न छोडेछन|

मैले आँखाहरु लाइ सोधें उनिहरु देख्न छोडेछन|

मैले मुखहरुलाई सोधें उनिहरु बोल्न छोडेछन|

अन्तिममा मैले मान्छेहरुलाई सोधें उनिहरु निशब्द थिए किनकी उनिहरु सिकिस्त बिरामी परेछन दिमागि सन्तुलन बिग्रिएछ, होस गुमाएर “भबिस्य” र बर्तमान छुट्ट्याउन नसक्ने भएछन|

त्यस पछी मैले”भबिस्य” लाई खोज्न छोडि दिएँ किनकी “भबिस्य” नभेटिने गरी हराएको रहेछ।

0 comments: