याद आयो खोटाङ को

ad+1

याद आयो…….!!

डाँडा पाखा पाहाड अनि हिमाल याद आयो ।
आफ्नै प्यारो जन्मभूमि खौटाङ हौचूर नेपाल याद आयो ॥

दाउरा घाँस पानी पधेरो संगै गरी हिड्दा प्रियेसीसंग साटासाट गरेको माया याद
आयो ।
आफ्नै प्यारो जन्मभूमि खौटाङ खौटाङ हौचूर नेपाल याद आयो ॥

दिनभरि सालघारि बनमा लुकामारी खेल्दाखेल्दै काहाली लाग्दो घर मुनीकोभीर विशाल याद
आयो ।
आफ्नै प्यारो जन्मभूमि खौटाङ हौचूर नेपाल याद आयो ॥

विदेशको परिवेशमा रम्न सकेन मेरोमन आफ्नै भेषभुषा आफ्नै याद आयो ।

आफ्नै प्यारो जन्मभूमि खौटाङ हौचूर नेपाल को याद आयो ।
चिल्ला र महंगा बिदेशी कार जति चढेपनी साल घारी को हु तु तु खेल्ने पर्खाल याद आयो ॥

आफ्नै प्यारो जन्मभूमि खौटाङ हौचूर नेपाल को याद आयो ।
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो ॥

आफ्नै प्यारो जन्मभूमि खौटाङ हौचूर नेपाल याद आयो ।॥
खड्का हौचूर खौटाङ हाल यु.ए.ई ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: