लास पोल्दा छाती रसाएछु धिकार्न खोज्छौ किन ?
अब बाँकी आँशु दुई थोपा निखार्न खोज्छौ किन ?
गर्दै छु म मलमपट्टी पुरानो चोट माथि मेरो दुःख्छ सधैँ दुःख्ने ठाउँ चिथार्न खोज्छौ किन ?
मेरो अञ्जानैमा चोट लाग्यो कलिलो मुटु भरि मलाई चोट दिने त्यही भाला तिखार्न खोज्छौ किन ?
जिन्दगीको जंघार तर्ने पुलेसो हाल्दै थिएँ, म सघाउँछु भन्दै तिमी बिगार्न खोज्छौ किन ?
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment