मरु भूमि को देश

ad+1

मरु भूमी को देश छाडी आफ्नै गाउँ आउँदैछु है ।
गाउँबेसी पाखा पखेरा त्यही ठाउँ आउँदैछु है।।

पर्देशमा कति बस्नु कमारो बनेर अर्काको ।
आफ्नै घर सम्झेर मनमा खुःसि ल्याउँदैछु है ।।

कति खुःसि हुन्छन होला मेरो घर गाउले।
थोत्रीएर गएको घरको छानो छाउँन आउदैछु है।।

अब जाने छैन कतै पनि जन्म भूमी छाडेर ।
उकाली ओराली गर्न आफ्नै गाउँ आउदैछु है।।

फर्केर आएँ आफ्नै प्यारो जन्म भूमी खोटाङ हौचुर मा।
काध मा हलो जुवा हात्मा कोदालि बोक्न आउदै छु है ।।
अमृत खड्का

0 comments: