असार साउनको भेलसङगै
हली बनी गाउघरमा नै जान मन लाग्यो।
असोज कार्तिकको धान र
कोदोका झुलेका बाला सँग रम्न मन लाग्यो ॥
किन? हेर्नमन लाग्यो मलाई खोटाङ, सोलुखुम्बु, हिमाल हासेको ।
कुकुरको मधुरो आवाजमा रातो सेतो बाधर अतालिदै नाचेको ॥
हेर्न मन लाग्यो मलाई गौरा बारिमा साईपत्रि धकमक्क फुलेको ।
अनी दसैं तिहारको रमाझम सँगइ धानको बाला झुलेको ॥
हेर्न मन लाग्यो मलाई
उनी सजियकी गुन्युचोली फरियामा ।।
फर्की आउछु दुबैबाट बरु जिबन बिताउला है भरियामा सम्झिदै बसेका छौ ।
उहि सलल बग्ने रावा खोला ।।
बर्षा यामको पानीले हरियाली भयहोला पारीभिर पाखा पहरा ।
गाई भैंसी चराआउँदै घुम्न मनलाग्यो त्यो हरियाली डाडापाखा ॥
मनको बेदना सुनाइ हिडथेउ हामी बासुरिको सुरिलो भाकामा ।
हाम्रो गाउघरमा पानी दिनेपनी कोही भयननरे सानी बिमार पर्दा ।।
देखेर पनि नदेखेझै गरेअरे पल्लघरे सानोबाबु बार्तलिबाट झर्दा ।
अब म सक्दिन होला दुबैको खाडीमा मुटु जलायर बस्नलाई ।।
कहिले सम्म वाध्य हुन पर्छ हामी नेपाली दुबै बस्नलाई ।
असार साउनमा आको भेलसङगै
हली बनी गाउघरमानै आउन मन लाग्यो ॥
भदौ असोजको धान र
कोदोको झुलेका बाला सँग रम्न मन लाग्यो ॥
अमृत खड्का हौँचुर राईसिङ्गे खड्का गाउ बस्ति दुबैमा हुदा को पल ॥
0 comments:
Post a Comment