म मर्दा बिहान, ओछ्यान मा हुनू तिमी ।
घरमा गाँऊले भेला हूदा, एकान्त माबसि हास्नु तिमि ॥
घरमा पहिलो शङ्ख बज्दा, कान खोलि सून्नु तिमि ।
घरमा मेरो लास उठ्दा, डाँडा मा आई हेर्नू तिमि ॥
मेरो लास ओरालो झार्दा, उकालो फर्कि हास्नु तिमि ।
लास रावा खोला पुग्दा, तिम्रो नयाजिबन को सूभ- गर्नु तिमी ॥
मेरो लास पानि मा राख्दा, नया प्रेमि लाई सम्झनू तिमि ।
लास उठाई चिता मा राख्दा, प्रेमि लाई फोन गर्नू तिमी ॥
मेरो मुख्मा दाग्बत्ति दिदा, प्रमि लाई उ त मर्यो भन्नु तिमी ।
मेरो लास जलदै गर्दा, जन्ति को ताँति बोलाऊनू तिमी ॥
मेरो लास को अन्तिम सस्कार गर्दा,जन्ति पर्साउनु तिमि ।
रावा खोला को पानी सङ्गै लास को खरानि बग्दा, सिऊदो भरि रातो सिन्दुर भर्नु तिमि ॥
बिचरा मरेछ अमृत भन्ने केटो, घर गाऊ तिर नभन्नू तिमी ।॥॥
कस्तो अचम छ बा ।
अमृत खड्का खोटाङ हौँचुर
0 comments:
Post a Comment