स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो । सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।। ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा । आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।। बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् । सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन् ।। पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश । लिएर जानु सम्झना मेरो टाढाको त्यो देश ।। २ ।। पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर । सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर ।। यो झस्कियो । सम्झदै होलिन् पियारी मेरी मुटु यो चस्कियो ।। किन हो किन सपनी पनि नराम्रो देख्दैछु । बिहान उठी, सम्झेर उनी चिठी यो लेख्दैछु ।।

ad+1


स्वदेश छाडी बिदेश आएँ
लाग्दैछ अँधेरो ।
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।

ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन्
बाटोमा ।
आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १
।।

बिहान
उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् ।
सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन्
।।

पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश ।
लिएर जानु सम्झना मेरो टाढाको त्यो देश
।। २ ।।

पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर ।
सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर ।।
यो झस्कियो ।
सम्झदै होलिन् पियारी मेरी मुटु
यो चस्कियो ।।

किन हो किन
सपनी पनि नराम्रो देख्दैछु ।
बिहान उठी, सम्झेर
उनी चिठी यो लेख्दैछु ।।

अमृत खोटाङ
खड्का,दुबई

0 comments: