स्वदेश छाडी बिदेश आएँ
लाग्दैछ अँधेरो ।
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।
ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन्
बाटोमा ।
आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १
।।
बिहान
उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् ।
सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन्
।।
पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश ।
लिएर जानु सम्झना मेरो टाढाको त्यो देश
।। २ ।।
पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर ।
सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर ।।
यो झस्कियो ।
सम्झदै होलिन् पियारी मेरी मुटु
यो चस्कियो ।।
किन हो किन
सपनी पनि नराम्रो देख्दैछु ।
बिहान उठी, सम्झेर
उनी चिठी यो लेख्दैछु ।।
अमृत खोटाङ
खड्का,दुबई
खड्का,दुबई
0 comments:
Post a Comment