बधाई छ तिमीलाई

ad+1



पुन अर्को साथी भेट्यौ अरे ।
मेरो अनुपस्थितिको गतिलो उपयोग
गर्दै
आज अन्तै गन्तब्य बनायौ अरे ।

तिमीलाई लाग्ला, सायद म रुँदै छु


अनि
म जल्दै छु ।

सच्चा प्रेमको मुल्य तिमीलाई के थाहा?
हो म रुँदै छु अनि जलीरहेछु हरपल ।

आफ्नो सच्चा प्रेमका खातिर
तर
मलाई गर्व छ आफ्नो प्रेममा ।

म कहिल्यै चुकिन
नत कहिल्यै हार नै खाएँ ।

सायद
तिमीलाई लाग्ला ‘मलाई त्यागेर
तिमीले शान्ति पायौ !’
तिम्रो जिन्दगीमा बसन्त छायो !

यस्तै हो भने
बधाई अनि सुभकामना छ तिमीलाई ।

सिउँदो त एउटै थियो
तर
सिंदुर भर्नेहरुको लाईन नै लगाईछौ ।

मलाई थाहा छ
एकदिन पोल्ने छ तिमीलाई मेरो मायाले ,
सोध्ने छ तिमीलाई मेरो मायाले,
यौबनको राग जब कम हुँदै जानेछ
त्यतिबेला फेरी आउने छ मेरो याद ।

तिमी तड्पिने छौ,चिच्याउने छौ

धिक्कार्ने छौ आफैलाई ।

घात र प्रतिघातका ज्यारभाटाहरुले
खेदने छ तिमीलाई,
तर के गर्नु ? समय धेरै अगाडी
बढीसकेको हुनेछ ।

थाहा छ मलाई, हजारौं पटक
डढ्ने छौ तिमी
आफ्नै घातको ज्यालामुखीमा ।

फेरीपनि पीडा त मैलाई नै हुनेछ
किनकी
त्यो मेरो सच्चा प्रेम थियो ।

फेरीपनि बधाई छ तिमीलाई
ताकि
तिमी नयाँ जिवन जिउँदै छौ ।

यो पनि थाहा छ मलाई,
चुस्ने छ उसले रस आएसम्म !

जब, त्यो राग कम हुनेछ
फेरीपनि उ
अर्को फलको खोजमा निस्कने छ

तिमीलाई त्यागिदिने छ ।

किनकी
उ “म” होईन ।

हिजोसम्म लुकीछीपी भेट्थ्येउ
र पो भेट्नुमा तडप र चाहट थियो
तर
आज २४सै घण्टा भेट्दै छौ
अनि त केको चाहट केको तडप ?

सिर्फ
यो २-४ दिनको रमाईलो मात्र हुनेछ
तिमीलाई पनि र उसलाई पनि ।

कल्पना गर
त्यसपछीका तिम्रा कहालीलाग्दा
दिनहरु !

आज
तिम्रालागि बगाएका मेरा आँशुहरु
खेरागएका छन् ।

हात समाउँदै जाउँ भो घरमा भन्थें,
त्यो बेला
आवारा, पागल, दिवाना भन्यौ तिम्ले ।

गरिबीको संज्ञा दिदै
भिकारिमा गन्यौ तिम्ले ।

‘आफ्नै हो नि आउँछिन एकदिन भन्थे
मैले ।‘

‘संधैजसो बाटोहेरी दिनहरु गन्थें मैले ।‘

आज थाहा पाएँ अन्तै नाता जोड्यौ अरे !
मेरो मायाँ सिसासरि तोड्यौ अरे !

फेरीपनि बधाई छ तिमीलाई,
खाडीको यो चर्को घाममा सुन्दा
तिम्रो आफ्नै मान्छेले भन्दा
तिमी पराई भयौ अरे !

मलाई छाडी गयौ अरे !
सुन्दा खेरि
म त पागल सरि कराएछु ।

मेरो आफ्नै छायाँ संग डराएछु ।

तरपनि
मनलाई सम्हालेर खिस्स हाँसो छरें ।

साथीभाई मलाई हेरिरहे तापनि म छक्क
परें ।

किनकि

तिम्रो वियोगमा तड्पिएको हेरी रहेथें ।

पागलसरि चिच्याउदै
उफ्रिएको देखि रहेथे ।

बधाई छ तिमीलाई,
अब त
खोलीका दुई किनार भैसकेका छौं हामी ।

मिलन त हाम्रो हुने छैन ।

तिमीलाई सम्झेर रुने छैन ।

अमृत खोटाङ खड्का,दुबई


0 comments: