आनन्द भो
आखाँबाट आशुँभेल,
झरेपछि आनन्द भो
मन भित्र पिडाहरु, भरेपछि आनन्द
भो ।।
आफ्ना भन्ने आफन्तले मुटु भित्र
छुरा हान्दै,
गाउँबाट तिरस्कार, गरेपछि आनन्द भो ।।
दिन दिनै समाजमा पिल्सीएर बस्नु
भन्दा,
बिदा माग्दै पल्लो गाउँ, सरेपछि आनन्द
भो ।।
बैमानीको संज्ञा दिदा झमेलामा पर्न
छोडी,
बेहोसिमै खोलिहरु, तरेपछि आनन्द
भो ।।
दैवले नै जिन्दगीका मोडहरु छेकी दिदा,
जसो तसो बल्ल आज, मरेपछि आनन्द
भो ।।
=====>आज यहाँ <====
दुनियाँले मेरो खुशी, लुट्न थाल्यो आज
यहाँ
आखाँबाट अश्रुधारा, छुट्न थाल्यो आज
यहाँ ।।
खुशी जति हराएर, पिडाहरु
छल्कि दिदाँ
मन भित्र ज्वालामुखी, फुट्न थाल्यो आज
यहाँ ।।
भविष्यको सुख खोज्न, दुःख सगँ लड्छु
भन्दा,
समयको असिनाले, चुट्न थाल्यो आज
यहाँ ।।
गन्तव्यका यात्राहरु, अनायासै हराउदा,
विश्वश्ताको नाता पनि, टुट्न
थाल्यो आज यहाँ ।।
जीवनकै उपहार, गह भरि आशुँ झर्दा ,
चारै तिर ज्वारभाटा, उठ्न थाल्यो आज
यहाँ ।।
अमृत खड्का
1 comments:
वाह,,,amrit bro,,,keep it up!
Post a Comment