व्यथा भै आँसुका

ad+1


थोपा झरेमा फर्किनू साथी
बहर: हजज

व्यथा भै आँसुका थोपा झरेमा फर्किनू साथी
सबै आफन्तले खोला तरेमा फर्किनू साथी !

कता जाऊँ र गर्ने के ? भए गाह्रो तिमीलाई
स्वयम् दोधारको फेला परेमा फर्किनू
साथी !

पुराना दु:खले थिच्दै सबै स्वप्ना हराएमा
नयाँ इच्छा र आकाङ्क्षा मरेमा फर्किनू
साथी !

कतै टाढा हिँडू भन्दा नदी तर्दै बढूँ भन्दा
कसैले पाउमा काँडा छरेमा फर्किनू साथी !

र, तिम्रै जिन्दगानीले तिमीलाई नटेरेर
नजानेझैँ, नदेखेझैँ गरेमा फर्किनू साथी !

अमृत खोटाङ
खड्का,दुबई

0 comments: