स्वार्थी ले भरिएको संसारमा साथी

ad+1



स्वार्थी ले भरिएको संसारमा साथी
लालची नै छरिएको संसारमा साथी

आफुलाई पर्दा मात्र रहेछ नि बरै

बिजोगमा परिएको संसारमा साथी

नबुझनु कसैको नि पीडा तिमी अब
धोखा मा नै तरिएको संसारमा साथी

आफ्नु घाउ भरे पछि अरुलाई हेर
माँग्दा आफै मरिएको संसारमा साथी

किन होला जान्ने हरु घिनलाग्दा हुने
पक्षपात गरिएको संसारमा साथ

अमृत खोटाङ खड्का,दुबई



0 comments: