धेरै भयो गाउँघर छोडेको

ad+1

धेरै भयो गाउँघर छोडेको,,,,,

धेरै भयो गाउँघर छोडेको कतै
बिरानो पो भयो कि
?

कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै
पो छ कि
?

बुढो भै'सकेको वर र पिपलुको पनि कतै
साथ छुट्यो कि
?

धेरै भयो सपना देखेको छुइँन
माया 'नि भूलिदिए कि
?

म कहाँ भूल्न सक्छु, यादमा डुब्छु, एकान्त
भेट्छु काँही

जहाँ म पुगे पनि मेरो खोटाङको माया सँगै
हुन्छ त्यहीं

जहाँ जन्मेर म खेलेर हुंर्के तिनै
पहराछहरा छाँगासँग

आज कसरी नसम्झी रहूँ म अटुट
नाता मेरो तिनै सँग

वा खाउँ म मिठो र मसिनो चम्चा र
काँटा हर्दम साथमा

हिजोको साग अनि सिस्नो याद आउँछ,
झल्झली आँखाम



अमृत खोटाङ खड्का,दुबई

0 comments: