हेर्दा-हेर्दै दोबाटोमा अर्कै

ad+1


पाइला अघि सारे पनि मन त कतै
छोडिएछ
छोडिएको मन छ मेरो त्यहीँ कतै
राखिदिनू
पल्लाभित्र परेलीका सम्झनाले
ढाकिदिनू
बाटो लाग्दा जिन्दगीको ठेस
पनि लाग्छ कतै
फूलैफूल छैन यहाँ, काँडा पनि बिझ्छ
कतै ।

छोडिएको मन छ मेरो सम्झेपनि पीर
लाग्ने
बिर्सूभन्दा नबिर्सिने
अल्झिएझैँ तीर लाग्ने
जतन् गरी जिन्दगीमा सँगालेर
राखिदिनू
मनको माया न्यानो हुन्छ
न्यानो माया दिनू ।


अमृत खोटाङ
खड्का,दुबई

0 comments: