ad+1

मन भरि ब्यथा लुकाई हाँस्न खोज्दै छु ।
चुरोटको धुँवा उडाई बाँच्न खोज्दै छ अमृत ।।

निस्ठुरीको याद भुल्न औषधि यो रोजें ।
चुरोटकै धुवाभित्र बाँच्ने आधार खोजें ।।

बैगुनीको याद भुलाई हाँस्न खोज्दै छ अमृत ।
चुरोटकै सहारामा बाँच्न खोज्दै छ अमृत ।
तिमी बिर्सी गएपछि साह्रै गाह्रो भयो ।
त्यसै बेलादेखि चुरोट साह्रै प्यारो भयो ।।

चुरोटकै प्यारभित्र हाँस्न खोज्दै छ अमृत ।
यै धुवाँको सहारामा बाँच्न खोज्दैछु ।।

मनभरि ब्यथा लुकाई हाँस्न खोज्दै छ अमृत ।
चुरोटको धुवाँ उडाई बाँच्न खोज्दै छ अमृत ।।

अमृत खोटाङ
खड्का,दुबई

0 comments: