यहीं हो खोटाङ ,यहि हो मेरो हौचूर खौटाङ,
म त आफ्नै माटोमा, भएँ कृषक
पढाई कम तर मेरो, सोच पृथक
बसेको छु बा आमाको काख वरिपिर
जिवनयापन गर्दैछु म यहिँ केहि गरि
विदेश गई दौलत, कमाउनु भन्दा
भेटिन्छ नि हिरामोती आफ्नै
माटो खन्दा
बांचे यहीं मरे पनि, यहीं चिहान
यो धर्तिको सेवा गर्छु, सांझ विहान
फलाउंछु खेतमा गई, गहुँ मकै धान
यी हातको पौरखले, पाल्छु जहान
नजानु न दाजुभाई, परदेश अब
कर्म गरे मिल्नेछ है,धेरै अनुभव
कति छिरे नेपाली, परदेश
उन्लाई पर्खन
लेख्दैछु म प्रवासी, नेपालीको व्यथा
जो जान्छन् विदेश, बेचेर ज्यथा
लेख्दा लेख्दै लेखें कि, मैले अन्यथा
भोगेको पोख्दैछु, आफ्नै आत्मकथा
अनुरोध गर्दछु, फर्क अब त
धनको लागि नबगाउ, धेरै रगत
फर्कौ अब दाजुभाइ, देश चलाऊं
यूरो अनि डलर, त्यही फलाऊ
अमृत खोटाङ
खड्का,दुबई
0 comments:
Post a Comment