किन यस्तो भएको जिन्दगी | जति अगाडी बढ्न खोज्दा पनि तर्कदै जान्छ | सगरमाथाको शिरमा पुग्न खोज्छु भन्छ मन तर आधा बाटो नपुग्दै लर्खरायर यी पाइलाहरु लडीहाल्छ | के गर्दा यो जिन्दगीलाई म सहि बाटोमा सहयात्री बनाउन सक्छु | सबै मानिसहरु भन्छन् जिन्दगी एक पलको हो भनि तर म भन्छु जिन्दगी पल पलको हो र क्षण, क्षणको हो | किनकि जिन्दगीले हरेक पटक तड्पाइ राखेको हुन्छ | हरेक पटक कुनै न कुनै कुरा सामना गर्नु पर्छ तर मानिस जान्दैन | जान्दछ त अरुको चित दुखाउने काम, अरुलाई दुखी बनाउने काम र अरुको सपनालाई चकनाचुर बनाउने काम | के यस्तो हो जिन्दगी? जिन्दगी त यस्तो हुनुपर्दछ कि सबैजना खुसि, हासोको पल र माया दिन सकोस | पल, पल रुवाउने, दुखी बनाउने पनि जिन्दगी हो र ? मानिस भएर जन्म लिएपछि धेरै कुराहरु भोग्नु पर्दो रहेछ | धेरै कुराहरुलाई वा अफ्ठ्यारा कुराहरुलाई पनि सहजै स्वीकार गरेर जिन्दगीको डायरीलाई पल्टाएर लेख्दै जादा अनेक कुराहरु पनि लेख्नु पर्दो रहेछ | अब त यस्तो पनि लाग्न थाल्यो कि बाचेर पनि कसैलाई केहि दिन सक्दिन र मरेर पनि कसैलाई शान्ति भएर बाच्न दिन सक्दिन | यदी मेरो मृत्यु भयो भने पनि कति लाल्छना वा नराम्रा आरोप लाग्ने छ, दाग मेरो इज्जत माथि लाग्ने हो कि ? मेरो घर परिवारको हालत के हुने हो ? बाचेर पनि त केहि गर्न सक्दिन | लाग्दैछ यो सहरमा आएर गल्ति गरे | यी महल भित्र रहेका कोठाको ४ भित्तामा मनका आबेग ठोकिएर आफै माथि आउछ अनि आफ्नै मनमा शान्ति पाउदिन | तर म यस्तो व्यक्ति बन्न चाहान्छु कि खुल्ला आकासको छानो र ढुंगाको सिरानी लगाएर मस्तसँग अनन्त कालसम्म निदाउन सकु | के गर्नु आफुले सोचेको जस्तो यो जिन्दगीमा हुने भए सबैभन्दा खुशी भएर बाच्ने थिए यो संसारका सबै मानिस सरह | जहाँ इच्छा त्या उपाय भन्छन | इच्छा लागेको कुरा त जसरी भएनी पाईन्छ रे | के यो उखान सहि हो ? तर लाग्दैछ कि मेरा इच्छा पुरा गर्न मैले मेरा साना- ठुला उपलव्धि गुमाउनु पर्छ | मेरा इच्छाहरु पुरा नहुदै धेरै गुमाएको पनि छु | के गर्नु यस्तै सोचेर मनलाई बुझाउन पर्यो | नभए बाच्ने आधार कसरी बनाउनु र ? जिन्दगीको यात्रामा कुनै एउटा बिन्दु वा सरल रेखामा हिड्छु भन्दा का सकिंदो रैछा र ? एउटा भत्किसकेको मानिसलाई हावाको एक झस्कोले समेत यो सिधा बाटोमा हिड्न दिदैन | एक्लै हिड्दा निर्जीव बस्तु मात्र भेटिन्छन र त्यलाई चलाउन थाल्यो भने आफैलाई घात गर्ने काम मात्र हुन्छ | किनकि त्यो निर्जीव बस्तुले कसैको कुरा सुन्दा पनि सुन्दैन | त्यसैले आज म भगवान सामु शिर निहुराएर भन्छु हे भगवान अब मलाई कसैको साथ चाहिन्दैन | अब म एक्लो बाच्ने सक्ने भैसकेको छु | अब चाहिन्दैन कसैको सहानुभूति, चाहिन्दैन तिम्रो त्यो छोडी जाने साथ, एक्लै आए यो संसारमा एक्लै हिड्ने छु अनि एक्लै जानेछु यो संसारलाई छोडेर | यदी एक्लै हिड्दा कतै लडीहलेछु भने बाटोमा बटुवाले मलाई साथ दिए भने दिए, दिएनन् भने बाटोमै मर्नेछु | मर्नलाई के को डर अब यी रित्तो हात लिएर रित्तो मन लिएर कसैको आशा छैन | भन्छन सानो काडाले बिजे पनि बिजेकै हो ठुलोले नी बिजेकै हो मलाई थाहा छ मैले यी कुराहरु जति बिर्सिन प्रयत्न गरे नी सक्दिन तर पनि अब यी बिजेका काडाहरुका खिल निकाल्न सक्ने बनाईदेउ र म आफै पनि कोसिस गर्ने छु | कसम भगवान बाचा गर कि मलाई तिमीले जिन्दगी भर साथ दिन्छौ भनेर |अतीत भएर पो सकिन । म फुल्छु, खस्छु एकैपल्ट बारम्बार फेरि फुल्न सक्दिन, चु"डिएको मेरो मुन्टो अब चाहेर पनि जोड्न सक्दिन । म त रुख नभई त्यसको हागामा फुलेको थुगा न हु देवी बनाई रंगाइएको दोबाटोको ढुंगा न हु ।अमृत भाई खोटाङ हौँचुर)
नाम: अमृत खड्का
साहित्यिक नाम:हरामि
जन्मथलो:खोटाङ, होचूर राईसिँगे
स्थायी बसोबास: खोटाङ,हौचुर राईसिँगे
पिता: धन्कुमार खड्का
माताः(निधन भएको)
रुची:साहित्य रचना
शिक्षा:साधारण
साहित्यक्षेत्र प्रबेश:बि.स 2069
साहित्यमा उत्प्रेरणा:समाजिक विसंगती र आफ्नै जीवनका तिता मिठा पलहरुले
सम्पर्क:9818088413
ई-मेल:amreet.khadka@ gmail.com ।
प्रकाशित कृतिहरु: दु-ख सूखका आफ्नै पन, गजल, कथा आदि इत्यादी ।
साहित्यमा आवद्ध – वि.स २०६२/६३-हाल सम्म
1 comments:
किन यस्तो भएको जिन्दगी | जति अगाडी बढ्न
खोज्दा पनि तर्कदै जान्छ |
सगरमाथाको शिरमा पुग्न खोज्छु भन्छ मन तर
आधा बाटो नपुग्दै लर्खरायर यी पाइलाहरु
लडीहाल्छ | के गर्दा यो जिन्दगीलाई म
सहि बाटोमा सहयात्री बनाउन सक्छु | सबै
मानिसहरु भन्छन् जिन्दगी एक पलको हो भनि तर
म भन्छु जिन्दगी पल पलको हो र क्षण,
क्षणको हो | किनकि जिन्दगीले हरेक पटक
तड्पाइ राखेको हुन्छ | हरेक पटक कुनै न कुनै
कुरा सामना गर्नु पर्छ तर मानिस जान्दैन |
जान्दछ त अरुको चित दुखाउने काम, अरुलाई
दुखी बनाउने काम र अरुको सपनालाई चकनाचुर
बनाउने काम | के यस्तो हो जिन्दगी?
जिन्दगी त यस्तो हुनुपर्दछ कि सबैजना खुसि,
हासोको पल र माया दिन सकोस | पल, पल
रुवाउने, दुखी बनाउने पनि जिन्दगी हो र ?
मानिस भएर जन्म लिएपछि धेरै कुराहरु भोग्नु
पर्दो रहेछ | धेरै कुराहरुलाई
वा अफ्ठ्यारा कुराहरुलाई पनि सहजै स्वीकार
गरेर जिन्दगीको डायरीलाई पल्टाएर लेख्दै
जादा अनेक कुराहरु पनि लेख्नु पर्दो रहेछ | अब त
यस्तो पनि लाग्न थाल्यो कि बाचेर पनि कसैलाई
केहि दिन सक्दिन र मरेर पनि कसैलाई
शान्ति भएर बाच्न दिन सक्दिन |
यदी मेरो मृत्यु भयो भने
पनि कति लाल्छना वा नराम्रा आरोप लाग्ने छ,
दाग मेरो इज्जत माथि लाग्ने हो कि ? मेरो घर
परिवारको हालत के हुने हो ? बाचेर पनि त
केहि गर्न सक्दिन | लाग्दैछ यो सहरमा आएर
गल्ति गरे | यी महल भित्र रहेका कोठाको ४
भित्तामा मनका आबेग ठोकिएर आफै माथि आउछ
अनि आफ्नै मनमा शान्ति पाउदिन | तर म
यस्तो व्यक्ति बन्न चाहान्छु
कि खुल्ला आकासको छानो र
ढुंगाको सिरानी लगाएर मस्तसँग अनन्त कालसम्म
निदाउन सकु | के गर्नु आफुले
सोचेको जस्तो यो जिन्दगीमा हुने भए
सबैभन्दा खुशी भएर बाच्ने थिए यो संसारका सबै
मानिस सरह | जहाँ इच्छा त्या उपाय भन्छन |
इच्छा लागेको कुरा त जसरी भएनी पाईन्छ रे | के
यो उखान सहि हो ? तर लाग्दैछ
कि मेरा इच्छा पुरा गर्न मैले मेरा साना-
ठुला उपलव्धि गुमाउनु पर्छ | मेरा इच्छाहरु
पुरा नहुदै धेरै गुमाएको पनि छु | के गर्नु यस्तै
सोचेर मनलाई बुझाउन पर्यो | नभए बाच्ने आधार
कसरी बनाउनु र ? जिन्दगीको यात्रामा कुनै
एउटा बिन्दु वा सरल रेखामा हिड्छु
भन्दा का सकिंदो रैछा र ?
एउटा भत्किसकेको मानिसलाई हावाको एक
झस्कोले समेत यो सिधा बाटोमा हिड्न दिदैन |
एक्लै हिड्दा निर्जीव बस्तु मात्र भेटिन्छन र
त्यलाई चलाउन थाल्यो भने आफैलाई घात गर्ने
काम मात्र हुन्छ | किनकि त्यो निर्जीव बस्तुले
कसैको कुरा सुन्दा पनि सुन्दैन | त्यसैले आज म
भगवान सामु शिर निहुराएर भन्छु हे भगवान अब
मलाई कसैको साथ चाहिन्दैन | अब म
एक्लो बाच्ने सक्ने भैसकेको छु | अब चाहिन्दैन
कसैको सहानुभूति, चाहिन्दैन
तिम्रो त्यो छोडी जाने साथ, एक्लै आए
यो संसारमा एक्लै हिड्ने छु अनि एक्लै जानेछु
यो संसारलाई छोडेर | यदी एक्लै हिड्दा कतै
लडीहलेछु भने बाटोमा बटुवाले मलाई साथ दिए
भने दिए, दिएनन् भने बाटोमै मर्नेछु | मर्नलाई के
को डर अब यी रित्तो हात लिएर रित्तो मन
लिएर कसैको आशा छैन | भन्छन सानो काडाले
बिजे पनि बिजेकै हो ठुलोले नी बिजेकै हो मलाई
थाहा छ मैले यी कुराहरु जति बिर्सिन प्रयत्न
गरे नी सक्दिन तर पनि अब
यी बिजेका काडाहरुका खिल निकाल्न सक्ने
बनाईदेउ र म आफै पनि कोसिस गर्ने छु | कसम
भगवान बाचा गर कि मलाई तिमीले जिन्दगी भर
साथ दिन्छौ भनेर |अतीत भएर पो सकिन ।
म फुल्छु, खस्छु एकैपल्ट
बारम्बार फेरि फुल्न सक्दिन,
चु"डिएको मेरो मुन्टो अब
चाहेर पनि जोड्न सक्दिन ।
म त रुख नभई त्यसको
हागामा फुलेको थुगा न हु
देवी बनाई रंगाइएको
दोबाटोको ढुंगा न हु ।अमृत भाई खोटाङ
हौँचुर)
Post a Comment