आज म जादै छु

ad+1

आज त म यो दुबैको मरुभुमिलाई छोडेर जादैछु… समयले मान्छेलाई
कहाँ देखि कहाँ सम्म पुर्याउदो रहेछ। परिस्थिती अनि बाध्यताको तझनै के कुरा दाशी जिबनमा परिणत गरि कैदी जीवन सम्म बनाउन पछि नपर्दोरहेछ । अब हेरौ कहाँ रहेछ जीवन, कहाँ रहेछ जीउनु- मर्नु,कता अनि कति रहेछ समय….. हुनत उत्पती,जन्म,बल्यकाल
युवा अवस्था,ब्रिध्धा अनी मरण त संसारको नियम अनि रितै नै भएता पनि यस अवस्थामा ब्यतित गर्ने
समय अनि जीवन भने फरक रहेछ। फरक नहोस् पनि कसरी एउटै बाबा अनि एउटै आमाको पेट्मा जन्मेको सन्तान त फरक हुन्छ भने यो त संसारको कुरा……………… जे भए पनि आफ्नो कर्म आ-आफै सँग अनि भाग्य रेखाले जहाँ पुर्याउछ, डोर्याउछ त्यही गन्तब्य र स्थानहरुमा पुग्न आफ्नो कर्तब्य रहेछ। कर्तब्य पलना गर्ने क्रममा मलाई पनि जीन्दगीको भाग्य रेखाले यति धेरै डोर्यायो कही ठोक्यायो त कही पछयारो पनि। समय
पनि कती स्वार्थी रहेछ भाग्य रेखाको त कुरै नगरौ यो त जन्मिदाको साइत कस्लाई दोस दिनु छर? त्यसैले भाग्य रेखालाई पछयाउनु नै संघर्स रहेछ जिन्दगी,आखिर हसाए,फसाए वा रुवाए पनि…… यसै क्रममा हसाउदै,फसाउदै,रुवाउद­ै अनी जथाभावी ठोक्याउदै, पछार्दै आज फेरी समुन्द्रपारी मरुभुमीको देशमा अलपत्रै तातो बातावरण अनि बालुवा माथि पछारेर छाड्यो जिन्दगी। लगतार कोशीस अनि प्रयासहरुसगै बिस्तारै उठाउन खोजे कहिले भात्कियो त कहिले सिशा फुटेसरी चर्कियो जिन्दगी। टुटे फुटेका चर्किएका कणहरुलाई बटुलेर लगतार रुपमा जोड्न खोजे कोशीश गरिरहे। जोड्दा जोड्दै बटुल्दा-बटुल्दै धेरै लामो समय अनि अन्तराललाई गुजार्न वाध्य नैबनेछु। यतिका लामो समय समुन्द्रपारी त्यो पनि मरुभुमीको देशमा जीवन बिताउन त्यती सजिलो रहेनछ कि कम्बर कसेर मात्र होइन हिम्मत नै कसिहेरे जिन्दगी। यतिका लामो समय सम्म ब्यतित प्रवाशी जीवन यस मरुभुमीको देशमा एक पटक स्मरणनै रहोस् जीवनमा …………………।
बाई बाई दुबईइईईई ।

0 comments: