बधाई छ तिमिलाइ, भने जस्तो घर पाएछौ ।
तिम्रो दु:ख सूखमा साथ दिने वर पाएछौ ॥
झुपडी मै बसउला म रुदै रुदै दिन रात
सधैं खुशी भेएरै बस्नु सुन्दर त्यो सहर पाएछौ ॥
म त हजुर नराम्रो मान्छे अनुहार हम्रो फरक पर्यो
आफ्नो अनुहार जोगाउन भने जस्तो राम्रो पाएछौ ॥
माटो को भर ढुङ्गा रहेछ ढुङ्गा को भर माटो
दुई मुटु जोडि राख्ने अटुट त्यो भर पाएछौ॥
0 comments:
Post a Comment