मेरो लास् आगन बाट,उठ्दा कति रोउली ?
ती हातका राता चुरा,फुट्दा कती रोउली ??
सयौ साल तिम्रै काखमा,रम्ने धोको थियो, नसोचेकै बेला साथ,छुट्दा कति रोउली ??
रातो सिन्दुर रातो बस्त्र,त्याग्नुपर्छ भन्दै,सिँगो समाज् आगनीमा,जुट्दा कती रोउली ??
मनमा ईच्छा धेरै थिए,पुरा गर्नु पर्ने, सारा रहर शिसा सरि,टुट्दा कती रोउली ??
दु:खपर्दा साथ दिने,हुदैनन् कि कोही? नियतीले सारा खुशी,लुट्ला कती रोउली??
चिता माथी मेरो लास,जल्दैगर्दा खेरी, तिम्ले लाको रातो पोते,चुट्दा कती रोउली??
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment