मेरो जन्म भुमि हौँचुर
नेपाल देश खोटाङ जिल्ला हौँचुर गाँउ मेरो ।
बर्णन गर्ने कसो गरी ठ्याम्मै स्वर्ग जस्तो।।
वरिपरी बनपाखा खोला नाला साथमा मोती जस्तै टलकिने हलेसि काखमा ।।
दिक्तेल बजार घुमिकन मजुवामा जाउला मन्दिर
घुमी चोखो माया लाउला।।
होचुरको स्वाच्छ हावा खाँदै घुमौला दिक्तेल बसुन्जेली स्वर्गाभास् गरौला ।।
उत्तर सनिबारे हाट दक्षिण होचुर डाँडा
पूर्व पश्चिम रावा खोला ।।
यक पटक पुगी हेर्यौ त्यो मन होला कस्तो पक्कै महशुस हुने छ है स्वर्ग पुगे जस्तो ।।
हलेसि घुम्दै घुम्दै रुपाकोट पुगौला दर्शन लिइ मजुवाको मन्दिरघुमौला ।।
राईसिङ्गेके डाँडा हुँदै हुँदै
मेरो घर झरौला कहिल्यै पनि नबीर्सने बाचा गरौला ।।
अमृत खड्का खोटाङ हौचूर
0 comments:
Post a Comment