अन्तरमन्मा राखें भन्थीन् वाल वाटै हटाइछन् .. अन्जान् बने जस्तैगरी एउटा साथी घटाइछन् …..!
चोखो मायाँ गरे जस्तै दुःख पर्दा राईन् संगै आज मेरै बदनाम् गर्न कोही अरुलाई खटाइछन् …..!
तिम्रो साथ नभई हुन्न मेरो जिवन रहे सम्मभनिन् तर अन्तरमन्मा आज अर्कै अटाइछन् ……!
खुनको आँशु रोएकोछु यसैले मुख धोएको छु सुन्छु उता उन्ले अचेल रम्दै पलपल कटाइछन्…….!
तेरो मेरो विच्मा केही छैन कुनै नाता अरु अतित सबै सपना हो भन्ने खबर पठाइछन् ……..!
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment