कति बषे बिछोड मा

ad+1

कति बसे बिछोडमा अब छिट्टै मर्दै छु, तिमीलाई भेट्न आउँदै छु मलाई भेट्न दोबाटोमा आउनु है तिमी ।

समयले गरेको छल, स्वार्थी दुनियाँ र तिमि घाती भईदिनाले एक अर्का प्रति अथाह माया हुदाँ हुदैँ पनि नगरेकै गल्तीको सजाय भोग्दै बदलाको सिकार भयो मेरो माया दुइ दिन को छोटो जीवन यो मरिजाने चोला, धेरै धन कमाएर खुसी राख्ने सपना देख्दा, बिछोडको बयान के गरौ मायालु तिमीलाई पनि उस्तै होला, मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला ।

सपनीमा देख्दा तिमीलाई सन्सारै मभुल्ने गर्थे, बिपनीमा तिम्रै यादमा तडपिएर एक्लै डुल्ने गर्थे ।।

कस्ता भा छन् काका,काकी, हजुर बा आमा कस्तो भयो होला होचुर गाउँ, सोच्दा पनि मिलन को पल उमङ्ग ले छोड्छ ठाउँ।।

कति बसौ बिछोडमा नै अब छिट्टै मर्दै छु, तिमीलाई भेट्न आउँदै छु, मलाइ भेट्न दोबटोमा आउनु है तिमि ।

सधैं तिमीलाई भेट्ने ठाउँमा आज पनि धेरै कुरे तिमीलाई तर खै तिमीआउने कुनै संकेत छैन तर पनि मर्नेछु तिमीलाई किनकी तिमीलाई कुर्दातिम्रै वरपर भेट्छु आँफैलाई ......

आज तिमी र म दुई किनारा बन्नु पर्यो...

तिमीलाई रुवाइ बिदेशिएँ हातमा बोकी झोला ।

अनायासै रुवाएछु नजानेरै होला ।।

भो चाहिदैन धन र
सम्पती तिम्रो माया पाए पुग्छ सानु , भन्थ्यौ तिमीले सम्झिएर अहीले मन दुक्छ ।

धनको अर्थ के नै रहयो मनमा शान्तिनभए पछि,
चिन्तामा नै दिन बिताउदै छू मैले छोडेर आएपछी ।।

भोली तिमी मेला पात, घास दाउरा गर्दै बन पाखामा, सजाएर आउँदै छु म तिम्रै तस्बिर दुई आँखामा ।

तिम्रै यादमा कति रात कोल्टे फेर्दै बिताउँदा, तिमीलाई पनि उस्तै होला मरेको सम्झनाले सताउँदा ।।
अमृत हौंचुररेलि

0 comments: