आशा नै आशा बोकेर बाँच्दैछु जिन्दगी मा ।
आसुँको नदी तरेर पनि हाँस्दैछु जिन्दगी मा ।।
न मरी जानु न गरी खानु दोधार भएनी दु:खको मर्म सहेर पनि नाँच्दैछु जिन्दगी मा ।।
कैले त लाग्छ जीवन यो अर्पित गरौं कि ? बाँच्नुको सार बुझेर नाँस्दैछु जिन्दगी मा ।।
को भित्र बन्यो ? को बन्यो शत्रु? थाहा नै पाइन अन्योल्मा पर्दै सुखको नाता गाँस्दैछु जिन्दगी मा ।।
धिप्धिप बल्छ आशाको ज्योति अँध्यारो मनमा काँडा झैं बाधा सखाप पार्दै माँस्दैछु जिन्दगी मा ।।
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment