प्रदेशिको संदेश

ad+1


कस्तो अचम्म को हुदोरहेछ बिदेश । पैसाको रुखै रुख हुदो रहेछ बिदेश । हो म पनि गाउमा हुँदा एस्तै सोच्ने गर्थे । आज सोच्दा सोच्दै बिदेश आएपछि थाहा भयो कि बिदेश आउने सोच जिन्दगि मा नी नसोच्ने कुरो रहेछ बिदेश । साचै मपनि आज यो दूबै को मरु भुमिमा आगोले सेकेझै घामले सेकिदै छु । आज म याहा आएको पनि 17 महिना भईसकेछ र अझै कति बस्नु पर्ने हो यो मरु भुमिको घाम तापेर' जब म आफ्नो देश छोडेर बिदेश हिडे त्येहि दिन बाट म बेहाल भएको छु । के कुरा मा बेहाल भए त्यो कस्लाई थाहा छर ? मलाई पनि मन थिएन नि आफ्नो देश गाउ घर छाडेर बिदेशिने रहरत तर केगर्ने?आफ्नो उज्वल भबिष्ये को लागि सानैमा बिदेश जाने भुत चढ्यो मलाई जब म यो दुबैको मरुभुमी माथिटेके तब मलाई थाहा भयोकी नेपाल मैकेहि गरि खानु पर्ने रहेछ भनेर । भन्ने गर्छन कि गाँउ घर मा बिदेशिलाहुरे तर याहा लाहुरे होईन चाहुरे भएर काम गर्नु पर्छ । पैसाटिप्न रुख चढ्नु पर्छ र पैसा टाप्ने रुख सए तलाको बिल्डिङ हुन्छ याँहा । पैसा टिप्न लाई झुन्डिएर मर्न लगाएको पासो जस्तैडोरि लगाउनु पर्छ याँहा । घाँटिमा डोरि लगाउदा कहिले काहि डर पनि लाग्छ मलाई त्यासैले काम्मा पनि डराऊनेगर्छु । याँहा चर्को घाम भयो भन्नै पाईदैन । नत याँहा दु:खको काम छ एक्छिन बिषाएरगर्छु भन्न पाईन्न छ " काम गर्नु पर्छ मरी मरीकहिले दिन कहिले रातको डियुटि भयो भन्न पनि पाईदैन बिदेशमा । गाली सुन्दा सुन्दै त्यो एक मैना पनि छिट्टै बित्छ । जसो तसो एक महिनाको सेलेरि चार सएस आउछ । गाँउ घर मा भन्ने गर्थे गाँऊले हरु मेरा छोरा बिदेश, मेरा दाई भाई बिदेश गएका छन । तर बिदेशि को पिडा कस्लाई थाहा योत भोग्ने लाई मात्रै थाहा छ कि बिदेश एस्तो हून्छ भनेर, टार्नै पर्छ एक छाक यहाँ मिठो खामआज भन्न पाईदैन । याहा केहि पनि भन्न पाईदैन नत चर्को घाम छ भन्न पाईछ नत याहा आज मिठो खम भन्नै पाईन्छ । तेसैले मेरो रोएको जिन्दगि संगै अस्ति एक दिन रोएंछु । रुदा रुदै सबैलाईतेहि आँसु मा देखेँ जब देखें की आज मैले पूरानो साथि उस्को सारै याद आयो । काकिहरु म हिड्ने दिन छट्पटिंदै बितेको रातिको याद आयो । छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा रुदै घरबाट सबैलाई बाई गरि बिदेश हिडेको दिन पनि सम्झिए । हुन होस नहुन होस एउटै घरमा काकिहरु हजूर बा बहिनि साथीसंगी को माया पनि लाग्यो । अनि सारै मिठो लाग्थ्यो मलाई आपँ,र एक दिन आपँ टिप्न जाँदा कति लडेको थिए नउठाउँदै कुल्चिहिंड्ने बिस्वासघाती लाई पनि एक दिन सपनिमा देखेँ' तेस दिन बाटै मलाई घर जाउ जाउ लाग्थ्यो तर केगर्ने सम्झिन्छु ति सानिमा का भनाई हरु र अच्चम लागेर आऊछ । त्यासैले कहिले काहि त नजाऊ जस्तै लाग्छ । तर केगर्ने मेरि आमाको बाल्य कालनै तिहाँ बितेको छ । तर प्रदेसी यो जिन्दगीप्रदेस मै जाने भयो गाऊको माया सम्झना मै सिमित भयो कता कता फर्की जाउ भोलीनै भन्छु फेरी यहाँ काम छोडनै गाह्रो भयो हास्ने खेल्ने मन मेरो आफ्नै गाऊ घरमा आज प्रदेसी नै जीवन भयो । कसरी बुझाउँ मनलाई यहाँ यस्तै छ बाँच्नु पर्छ पलपल मरी चङ्गा झै चुटिएर पनि काँडा भेट्टछु जिन्दिमा' यहाँ जता ततै फूल भनि चूँड्दा आँसुनै आँसु भेट्टछु । बिताउदै छु प्रदेशि जिबन बढो मूस्किलसंग कर कसैको होईन आफ्नै रहर हो । तहि रहरले गर्दा पाउदा पाउदै नपाउनु को दुख पाईयो बिदेशमा ' जन्म देखिनै दुखै दुखको नाम लेखेँपछि झन प्रदेश मा कहाँ बाट मिल्ला सुख मत आँफू देखिआँफै हारेको मान्छे असार को झरिले चूटीचूटी भूईमा झारेको मान्छे । न मेरो आफ्नो भन्नसकेँ जून कुनै रहर छ प्यासी रहरले प्यास बुझाई परपर सारेको मान्छे । चिच्चाई चिच्चाई छिचोलीहिंडे मृत्युको परिदी लाई मत मृत्युले नै बाटो बिराइ भाँका टारेको मान्छे । अनमोल आस्थाभित्र कुन्जिएका अनेकै हावै हावा हुरीले खडेरीपारी घाऊ पारेको मान्छे । यो मरु भुमि मा मैले केनै भेटेँर भेटेँत केबल गाँउका यादहुरुलाई " नत याँहा मेरो उज्वल भबिष्ये नै भेटेँ ' जीन्दगी एक प्रदेशि रैछ, नचाहे नि हिड्नु पर्ने नचाहेरै भएनि, रुदै रुदै काम गर्नु पर्ने बिदेश मा । कैले खुशी थाम्न गाह्रो, कैले दु:ख मनभरि' जे भएनि बाँच्नलाई, प्रदेस हिड्नु पर्ने । मनका सवै ईच्छाहरु, पुरा हुन्नन ' जान्दा जान्दै दुनिँयाको अगाडि, पाँनि जस्तै आँसु झार्नु पर्ने बिदेश मा । म बिदेशि हुनुको साथै मेरो जिन्दगि पनि प्रदेशि भएछ । अनि मलाई छोडेर मेरा सारा खुसि पनि प्रदेसि भएछन् । अनि यो मरु भुमि मा दसैँ तिहार कोहि आफन्त पनि नभेटिदो रहेछ । पोर को साल दसै आयो याहा मेरो दसैदसा भयो, साथिहरु नेपाल मा दसैँ आयो भन्दै कोठा मा आउथे मचै एक भारि ति लहरा जस्ता डोरि बोकेर राति 12 बजे उठेर डियुटि जान्थे । याहाँ दसै आऊनु भनेकोनै नसकि नसकि गर्नु रहेछ । यो बर्ष पनि एस्तै होला घर आउदिन । नराख्नु है आमा दसैँमा जमारा घर आउन पाउदिन । मरु भुमि को खाणि देशमा छु' छुट्टि पनि पाउदिन । पोरको दशै' आसुमा माटो मुछेर लाए यो बर्ष पनि टिका लाउदिन आमा । राम्रो भबिस्य को खोजिमा याहा आए तर धेरै दुख पाँए मैले मरुभुमिलाई सोधें कतै मेरो नेपाल लाई देख्यौ कि ? भक्कानो छोडेर रुदै उनिहरुले भने बम र बारुद बनेर आकाशमा उड्दै होला । मैले मखमलि फुल लाई सोधें उसले रिसाएर भन्यो म आफ्नै समस्याले लाचार छु कैयौ तिहारहरुमा कुहेर झरेको छु । मैले यि मरु भुमिका समून्द्रलाई सोधें उनिहरुले अबरुद्ध आबाजमा भने मेरो छाती माथि रगर भएर बग्यो होला । यो मरुभुमिमा उब्जिएको एउटा रुखलाई सोधें उसले थकित मुद्रामा भन्यो छाँया ताप्न आएनन कोही पनि फगत एक्लै, टुहुरो झै लोलाएर बसेको छु । मैले माटोलाइ सोधें माटो आजित थियो र उस्ले भन्यो “नेपाल” लास बनेर गलि सक्यो होला । मैले कानहरुलाई सोधें उनिहरुले सुन्न छोडेछन । मैले आँखाहरु लाइ सोधें उनिहरुले पनि देख्नै छोडेछन । फेरि मैले मुखहरुलाई सोधें उनिहरु पनि बोल्न छोडेछन । तयास पछि मैले याँहाका प्रदेसिहरुलाई सोधें उनिहरु निशब्द थिए किनकी उनिहरु सिकिस्त बिरामी परेछन दिमागि सन्तुलन बिग्रिएछ, होस गुमाएर “नेपाल” र बिदेष छुट्ट्याउन नसक्ने भएछन ।
त्यस पछी मैले”नेपाल” लाई खोज्न छोडि दिएँ किनकी “नेपाल” नभेटिने गरी छूटिएको रहेछ।

केगर्नु आमा रहरले गर्दा सात समुन्द्र पारि कर्मैले डोहोर्यायो । तिहा दशै आउदा याहा हाम्रो आसु समुन्द्र सरि बगेको हुन्छ । एस्तै हुदोरहेछ बिदेश को महल । नतयाहा तिहार नै आऊछ आउछ । बैनिले उनेको माला को सम्झना याहाँ मईले काम्मा लगाएको डोरिमा सम्झिन्छु । अनि गलाभरि लगाए पोहोरको साल' अनि योसाल पनि लगाउने छु । जेहोस हजुर हरुराम्रै संग मान्नु ल दशै तिहिर म त प्रदेसि भएछु ।मलाई परदेशीको तिहार नसोधेकै बेश, आँखै भरि झल झली पोरको दशैतिहार । काका,काकी,आमा,बुबा,इ­ष्ट-मित्र मनमुटुमा बोकी, बाँची रैछु सागर पारी सुखा रोटि टोकी । काम-काजको टुंगो छैन,दिन हो कि राति ? बर्षउ भयो भेटघाट छैन आफ्ना प्यारा साथी सङ्ग । कर्म पनि कस्तो मेरो,भाग्यको यो लेखा,अझै के-के भोग्नु होला खै,कस्ले छ र देखेको ? भक्कानिएर आसू आउँदा लाग्छ आजै फिरौँ घर

भन्छु तर म बिदेशि प्रदेशि भैसके छु' बिदेशले मलाई समाति सकेछ । याहा गाउघरको सासन चल्दैन रहेछ । आमा रुदैछु म, देशको के कुरा गर्नु र प्रदेसि जीवन मेरो ,ठेसकोकति कुरा गर्नु । रुदैछौ गाउमा आमा ,म 

पनि त हासेको छैन नि आफ्नो र बिरानो' परि'बेसको केनै कुरा गर्नुर ।
न त मेरो कुनै भर ,मृत्युको मुख अघि काम गर्दैछु । सोच्दि हौ आमा कैले त, मौसम झैँ बद्लियो छोरो ! याहा आएपछि फेरिदै छन् भाषा अनि ,भेषको के कुरा गर्नु । "बिन्दास" थिए गाऊमाम,तिम्रो काखको माया पाउदा ! जल्दैछु तातो घाममा म,ऐस को के कुरा गरौ । नेपालमा धेरै झरी परे झैं यहाँ त धुलो उड्दो रहेछ । गाउका ति भेंडा-बाख्राका बथान सरी यहाँ त गाडी गुड्दा रहेछन् । नेपालको त्यो धरहरा भन्दा ठुला ठुला यहाँ घरहरु हुँदो रहेछ । यिनै घरहरु ढलेर किच्ने हुन कि भन्ने डर लाग्छ । यिनै डरको माझ मा घरको याद आउँदा मन रुँदो पनि रहेछ । कहिले बिहा देखि बेलुका सम्म' ,त्यो एक भारि डोरि साथ्मा हुन्छ । रूममा पुग्दा बेहाल हुन्छु निन्द्रा पनि आउन्न राति अनि छट्पटिदै रात बिताउछु । एक छाक खान पनि धौ-धौ पर्छ मलाई । तिहि पनि कहिले दुई छाक एकै छाक खान पर्छ याँहा । कहिले बिहानै उठि चार बजे पुग्नै पर्छ काममा । ज्यानले थाम्न नस्दे एकभारि ति डोरि बाँनि सए तलाको बिल्डिङ मा झुनिनु पर्छ र कहिले काहि त्यो सएतला को बिल्डिङ बाट कतै देश देखिएला की भनि हेर्ने गर्छु तर नदेखिदो रहेछ ।काम मा दश मिनेट ढिलो हुदा पनि दिनैहाल्छ गालि । (पढ्दा पढ्दै) एहि बिदेशिको गालि खान आको रहेछु म । कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ? के त्यहाँ पैसा फल्ने बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । मपनि राम्रो मान्छे बन्थे होला त्यहाँ गएत । गाउँ परिबार को हाइहाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,,फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो यात्रा गर्न पनि बेर लागेनछ ।यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्ने, बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्योमलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रासपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित दुखमा परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएकोछ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै प्रदेसि जिबन जिउन बाध्यभैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको तातो हावामा । बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु, यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु,कति अजिव जस्तो छ यहाको दुनिया । कोहिकसैको कुरो सुन्ने फुर्सदनै हुदैन। सबै आफ्नो आफ्नोधुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ बिमार भको पनि थाह छैन,एकसुरे जस्तो जिवन रैछ, मलाइ तकता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक । जे भएपनि आफ्नै गाँउमा मायार ममता प्रशस्त छ जस्तो लाग्छ । गाँउ घरकाले सोच्दा होलान,ल फलानाको छोरो कमाउनि भो,के सम्झिन्थ्यो । पैसा को पछाडि लागेपछि के आफ्ना के पराइ सबै तोड्दा रैछन भन्दा होलान । आफु नमरि स्बर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमा हरुलाइ के थाहा,परदेशिको हालत,यहाको परिपाटि । हो उनि हरुको सोचाइ पनिम गलत सोच्दिन ठिक हो ,तर गाउँ परिबार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर गोजिमा राखनु पर्दो रैछ यहाँ,माया ममतालाई भूल्नु पर्दो रहेछ यहाँ । काम नगरि सुखै नहुनि,भोआज स्वास्थ्यलाइ ठिक छैन भोलि गरऊला काम भन्न नपाइ पनि, जति दु:खभएपनि मरिमेट्नै पर्नि उफ यो कस्तो दुनिया रहेछ ? बिरामि पर्दा तातो पानि पनि तताएर दिनि मान्छेनहुदाँ मन त यति त रुदैन, सकि नसकि आफुले नै गर्न पर्ने ।आफुलि नबाले चुलो बल्दैन । ला आजतलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैन रहेछ । अनि यहिदेशका मान्छेको परदेशिहरुलाइ हेर्नि नजर पनि अलग हुदो रैछ , को हो को हो जस्तो गर्नि,जति लडारिएरमडारिएर बसेपनि यहाँका मान्छे सँग परदेशि परदेशि नै हुदो रैछ, आखिर एक्लो दुइ पैसा कमाइ केहि गरौला भन्नि सोच पनि परदेश को हाबाले त्यतिकै उडाइ दियो । बुढेसकालको साहरा होलान छोराछोरि भन्दा बाउआमा सँगै चाहरा माग्नि अबस्थामा भको म परदेशि लाइ देख्दछु । हरपल गाँउ परिबार को यादले मन छटपटाइ रहदा कति खेर जाम जस्तो हुनि यो मन,,सधै सधै यो उडेर गाउकै सपना मा बिलिन हुन्छ । बा आमा कस्तो हुनुहुन्छ होला ? काका काकि को केखबर छ होला? पल्लाघरे दाइभाइ,उपल्लो घरकि हजुरआमा, बहिनिहरु, कस्ता होलान के गर्दै होला ? गाँउमा के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यँहाका दिन काट्ने साथिहरु हुदा रैछन । मन किन हो किन एकोहोरि रहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छर । जे पर्दापनि लडिन पर्छ यहाँ । उफ कहिले काहि त मनमा गाँठो परेर आउछ यहाको चलन देख्दा,,धेरै चोटि रोएको पनि थिए बाबु आमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने । आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन यहाँ ।
जस्तै भएपनि परिबारको काखमा रामाउन कसलाइ पो मन छैनर,यो दुनिया स्बार्थि भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैन हुने । बाध्यता त मजबुरिले गर्दा बिरानो मुलुक तिर पाइला नचालि नहुने, उहि पैसा को कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि उइ पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिदो रहेछ । कस्तो जमना होला यो सोच्दा सोच्दै मलाइ पागल बनाइ दिन्छ । मलाइत यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दु:ख गर्न परेपनि आफनै गाउलाइ सिघार्नि मन छ । तर मन भएर के गर्नि धनलाइ अगाडि नलगिन्जेल सम्म केहि नहुनि, एक मन त भो मतजान्छु परदेश भन्नि यस्तै रैछ भन्नि सोच्छु फेरि एकछिन पछि मन बदलिन्छ भो जानु हुदैन, घर गएर पनि केहि गर्न सकिएन भने मेरो एक्लो जिबन त जहा गएर भए पनि पालुछु तर घर परिबार पनि हेर्नु पर्यो नि भन्नि सोचाइले खिचेर फेरि यहिको दुनियामा रमाउने कोसिस गर्ने सोच्छु तर मनले मान्दैन । मत सबै मेरा साथि भाइलाइ यो भन्न चाहन्छुकि ढिडो रोटि जस्तो भएपनि घरकै खाउ,दु:ख जति परेपनि परिबार सँगै बाड्दै जिउ तर परदेश जानि दुइ पैसा कमाउनि सोचाइ लाइ बदलाउदो मान्छेको जातलाइ जति भएपनि थोरैनै हुन्छ त्यसैले संतोष,धैर्य लाइ कहिल्यै नतोड्नु भन्छु मत । बरु भगवान सँग प्रार्थाना गरौकि भगबान अहिले जस्तो जिइ रहेको छू उस्तै सँधै भइरहोस यहाँ भन्दा तलनि जान नपरोस र यहाँ भन्दानि माथि पनि नलगिदेउ भनौ यो लोभको घैटोमा जति पानि हालेपनि भरिदैन । बरु आफ्नै गाँउमै केहि गरेर देखाउनि सोचाइ बनाऊ तर पैसाको आशमा परदेशलाइ नरोजाऊ । परदेसिमा हिड्दै जादा कहिले घुम्ती त कहिले मोडहरु भेटिन्छन ! घुम्तिहरु बाट घुमे पछी गर्मिको चौतारीमा पुगिन्छ । थकाई मार्न जब-जब ति चौतारी हरुमा बस्ने गर्छु त्यति बेला आफु हिडेर आएकोहरियो बस्ति र मेरो आखाको अगाडी जस्ताको तस्तै देखिन्छन त्यति बेला लाग्छ आपनो अतित गुमाए आएछु जस्तो लाग्छ ति अतित का सम्झना हरु ति अतितका कल्पनाहरु ति अतितका मिठा-मिठा सपनाहरु सम्झेर मन कहिले काही रुन्छ कठै ति दिनहरु अब फेरी कहिल्यै आउदैन कि जस्तो लाग्छ । तर पनि कहिले काही गरुम मन लिएर फेरी त्याहि चौतारी बाट हेर्दै जानु पर्ने हुन्छ । परदेसि को बाध्यता हो परदेसि रोहेर भए पनि नरोएर भए पनि हासेर भए पनि हासे जस्तो गरेर भए पनि बाच्नु प्रदेसि को कथा....जिन्दगि को कथा कस्तो बगी जाने खोला जस्तो अधेरिमा भागी हिडि जाने जुनकिरीको चोला जस्तो अंगालोमा बास माग्ने प्रीतिको व्यथा जस्तो तिम्रो माया मेरो माया बटुवाको कथा जस्तो फुल-फुल जस्तो रहेन नेपाल लाई छोडे पछी' बसन्त बाहार बन्न सकेन मैले सम्झौताको बाटो मोडे पछी । जिन्दगि सुन्दर बन्न सकेन सिसा जस्तै सफा मनै तोडे पछी अब कसरि नेयालको आशा गरौ आशाका सबै प्रतिबिम्ब फुटे पछी यो रात-रात जस्तो हुदैन साथ नहुदा सफलता कतै रहेन परदेशमा नेपालको काख नहुदा । हिन्दा हिन्दै थकित हुने यात्रा रहेछ परदेशि ।

1 comments:

अमृत खोटाङ खड्का said...

भन्छु तर म बिदेशि प्रदेशि भैसके छु' बिदेशले मलाई समाति सकेछ । याहा गाउघरको सासन चल्दैन रहेछ । आमा रुदैछु म, देशको के कुरा गर्नु । प्रदेसि जीवन मेरो ,ठेसको के कुरा कति कुरा गर्नु । रुदैछौ गाउमा आमा ,म पनि त हासेको छैन नि आफ्नो र बिरानो' परि'बेसको के कुरा केनै कुरा गर्नुर ।
न त मेरो कुनै भर ,मृत्युको मुखअघि लड्दैछु ।
कैले सम्म ज्यान अब सेसको के के कुरा गरौ । सोच्दि हौ आमा कैले त, मौसम झैँ बद्लियो छोरो !
फेरिदैछ भाषा अनि ,भेषको के कुरा गरौ । "बिन्दास" थिए आमा म,तिम्रो काखकोमाया पाउदा ! जल्दैछु तातो घाममा म,ऐस को के कुरा गरौ ।
नेपालमा धेरै झरी परे झैं
यहाँ त धुलो उड्दो रहेछ ।
गाउका ति भेंडा-बाख्राका बथान सरी यहाँ त गाडी गुड्दा रहेछन् ।
नेपालको त्यो धरहरा भन्दा ठुला यहाँ घरहरु हुँदो रहेछ । यिनै घरहरु ढलेर किच्ने हुन कि भन्ने डर हुँदो रहेछ। यिनै डरको माझ घरको याद आउँदा मन रुँदो तनि रहेछ । कहिले बिहा देखि बेलुका सम्म' ,त्यो एक भारि साथ्मा हुन्छ । रूममा पुग्दा बेहाल हुन्छ निन्द्रा आउन्न पनि रात्मा । एक छाक खान पनि धौ-धौ पर्छ मलाई ।
कहिले बिहानै उठि चार बजे पुग्नै पर्छ काममा ।
ज्यानले थाम्न नस्दे एकभारि ति डोरि बाँनि सए तलाको बिल्डिङ मा झुनिनु पर्छ । दश मिनेट ढिलो हुदा पनि दिनैहाल्छ गालि ।