मेरो जीवन बग्दो राखोला झै भयो
बगी रहन्छ,अनन्त...
अनन्त सम्म, बर्खाको उर्लिदो भेल बनेर कहिले शान्त अनी निर्मल बनेर ।
कहिले कठोर चट्टान बनेर आँधी,हुरिको बेग पनि यस्ले रोक्न सक्छ ।
कहिले आफु धमिलो बाढी बनेर पात,पतिङगार, मैलो पनि
आफ्नो बगाइमा बोक्न सक्छ समग्रमा... जीवन,
कोमल फूल पनि हो ।
यो कोमलतामा आँशुको दहमा लूथ्रुक्क भिज्न पनि सक्छ ।
यो कठोरपनमा चट्टानसरी अडिग हुन पनिसक्छ ।
एक अर्थमा जीवन
हर बस्तुको समिश्रण पनि हो ।
जहाँ दु:ख,सुख,मिलन,बिछोडको संयोजन हुन्छ ,
अनी...
जस्लाई मान्छेले
जीवन भनेर आत्मासात गर्नै कर लाग्छ बिगत,बर्तमान,भविष्यलाई आफ्नो भन्न वाध्य हुनै पर्छ ।
जस्को प्राप्तिमा मान्छे रमाउन लालायित हुनै पर्छ..
अमृत खड्का खोटाङ हौचूर
0 comments:
Post a Comment