छोडेर साथ

ad+1

छोडेर साथ म देखि टाढा हरायौ !
थिएन थाहा अर्कै पो मन
परायौ !!

त्यो रातो सारी चुरा र पोते सजिदै डोलीमा !
लिएर जन्ती सिउँदो रातै
भरायौ !!

के हुन्थ्यो दिगो सम्पति हेरी गरेकोबिहेमा !
बिछोड हुँदा बेहोसी बनी करायौ त्यो दिन!!

माया हो ठुलो जिबन साथि भनेकै थिए नि !
गरे’सी घात आफन्तै बाट
डरायौ !!

न साथ भयो न हात भयो दोधारे जिबन !
गयो’नि खेर मर्नु न बाँच्नु
गरायौ !!
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: