आजको दिन उस्तैभए भोलीनै किन चाहियो भदौरे झरी आँखामा छ खोलीनै किन चाहीयो ॥
म मरीसकेँ आर्यघाट लान मलामीको ताँती नै छ हरियो बाँस काफी छ डोलीनै किन चाहीयो ॥
पर्खे धेरै बर्ष सम्म उन्कै यादमा कल्पीएर संसान घाट प्यारो भयो झोलीनै किन चाहीयो ॥
नत सुन्न सक्छु मैले अब उनका शब्दहरु चिच्याहट जिवन मिठो बोलीनै किन चाहीयो ॥
मेरो नाता अस्थिपन्जर संगै हुन्छ भने जिबीतआत्मा डुलाउँने टोलीनै किन चाहीयो ॥
आजको दिन उस्तैभए भोलीनै किन चाहियो भदौरे झरी आँखामा छ खोलीनै किन चाहीयो ॥
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment