मेरो हारेको कर्म रोएको मन बोकेर जान्छु ।
आखाँ को आँशु बगेर आयो पोखेर पो जान्छु ॥
सकिन भुल्न बिछोडको पीडा सम्झेर अतित
धेरै र थोरै मायाको तौल जोखेर पो जान्छु ।
छोडेर मलाई निस्ठुरी गयौ धनको पिछाडी आफु त एक्लै भट्टीमा रक्सी धोकेर पो जान्छु ॥
पर्खाइं को पीडा कसरी सहनु गढ़दैछ बेस्सरी
बिग्रेको मनमा ताला चापि ठोकेर पो जान्छु ।
अमृत खड्का खोटाङ हौचुर
0 comments:
Post a Comment