जानेछु म सँसार छोडी हासि राख्नु तिमी l
चौतारीको बाटो हुदै आउँदा मेरो लास l
लास माथि बाल्ने दाऊरा भाँची राख्नु तिमी ll
चिनेनौकी साँचो माया पत्याईनौ मलाई ?
गल्ति कस्को थियो यहाँ जाँची राख्नु तिमी ll
खरानी भै मेरो चिता जल्दै गर्दा दोभानमा l
पराईको हात समाई नाँची राख्नु तिमी ll
अमृत खड्का खोटाङ
0 comments:
Post a Comment