जलेको मुटु

ad+1

यो मेरो जलेको मुटु भित्र तिमीलाई जलाउन पाहिन प्रिय !

यो मेरो गलेको दिल भित्र तिमीलाई गलाउन पाहिन प्रिय !

गाँउ एउटै बाटो एउटै भेट पनि भएको थियो तिमि आफ्नै तालमा थियौ बोलाउन पाहिन प्रिय !

दिन मेरो बित्यो रात बित्यो तिम्रै यादमा बेहोस हुदा धेरै मेरो बेइज्जत भयो मेरो अब तोलाउना पाहिन प्रिय !

अर्कै बेग्लै संसारमा मेरो थियौ मनमा बढी खुसि पनि रमाइरहेको त्यो मनलाई चलाउन पाहिन प्रिय !

तिमि त आनन्दित महलमा रमाउने मान्छे मेरो यो दु:खि दुनियामा दलाउना पाहिन प्रिय !
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: