जब मर्छन् मन्दिरकै ढोका अघाडि भोकाहरू ।
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू ॥
पखालिन्न पीडाको मैला नपुज निर्जीब ढुङ्गा तिमी लाई नै गिज्याउँदछन् ती पीडाका पोकाहरू । कालोलाई कालो देख्न छाड्छन् भने तिम्रा आँखा आफ्नै थाप्लो उक्लिएर माथि चढ्छन् धोकाहरू ॥
जबसम्म खान्छ द्यौता रगतको अर्घ मात्रै तबसम्म मर्छन् निर्दोष मन्दिरमा बोकाहर ॥
अमृत खड्का
0 comments:
Post a Comment