सपना ती सारा खस्दा एक्लै बसी रुनेछौ ! बेहोसीमै माया बस्दा एक्लै बसी रुनेछौ हजूरी !!
कलिलो फूलजस्तै फुलेको त्यो जवानीमा !
यौवनको मातले फस्दा एक्लै बसी रुनेछौ हजूरी !!
नशालु ती आँखाहरु नयन रुपी मुहारमा !
कसैले बाहुमा कस्दा एक्लै बसी रुनेछौ हजूरी !!
कलकलाउदो जोवन त्यो बगैंचा माझमा !
बिषालु सर्पले डस्दा एक्लै बसी रुनेछौ हजूरी !!
चुलबुले जवानी र चन्चले त्यो मनभित्र !
दिल चोरेर कोही पस्दा एक्लै बसी रुनेछौ हजूरी !!
अमृत खड्का हाल यु.ए.ई खोटाङ हौँचुर राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment