घरको बाटैमा भेट हुदा, तर्किएर गयौ ।
अलिकति मायाँ यतै,छर्किएर गयौ ॥
तिम्रो हाल जान्न खोजे,जब भयो भेटमनमा अगाढ मायाँ राखी,झर्किएर गयौ ।
अलि तल झरे पछि,लजाए झै गर्यौ मुस्कुराई मलाई हेर्दौ,फर्किएर गयौ ॥
जल्दै थिएँ आफै भित्र,खोज्दै थिएँ शितल
असारको झरी बर्षिए झै, दर्किएर गयौ ।
हेराईमा नशा थियो,नागबेली त्यो चाला लोभै लाग्दो जिउडाल आहा!,मर्किएर गयौ ॥
अलिकति मायाँ यतै,छर्किएर गयौ ॥॥
0 comments:
Post a Comment