दुई-पल बचेँको

ad+1

दुई-पल बचेँको अबिस्मराणिय
क्षणहरुलाई साथमा कहिल्यै नभुल्ने
गरि बोकेर जादैछु।

भोली त म
मलामीहरुको साथमा पुरानो बस्त्र
फेरी नयाँ कत्रोमा बेह्रिएर जादैछु,
हिजको आफन्त,साथी-
संगी अनि इस्ट्र- मित्र,
भोलीको मलामी बनाइ सबैलाई रुवाएर
जादैछु।

भोली त म आर्यघाटमा जलेर
खरानी बन्दैछु, भोली त म धुवां सँगै
उडेर आकाशमा हराउदैछु,
आजको रमाइलो दुनियाँलाई छोडेर
स्वर्गबास पुर्खाहरुलाई
स्वर्गमा भेट्ने आशा सँगै जादैछु।

मर्नु र बाच्नु त केही रहेनछ, म त एक
घुम्न
आएको अर्धयात्री प्रदेशी रहेछु,त्यसै
जादैछु,
भोली त म मरेर जादैछु, भोली त म
मलामीहरुको जन्तीसँगै
काँचो बासको डोलीमा चडेर जादैछु।


भोली त म मरेर जादैछु, भोली त म
संसारलाई छोडेर आँखा चिमलिएर
जादैछु।।


0 comments: