के नै पाउछौ र तिमीले हृदयलाई टुटाएर ?
अहम किन गर्छौ यहाँ ठूलो जातको हुँ
भनेर ?
रगत सबको रातो हुन्छ के पायौ र
भिन्नता ?
रुवाउनुनै थियो भने किन
गास्यौ आत्मियता ?
म भित्र नि मुटु चल्छ मनभरी माया छ ।
सानै जातको भए पनि मानवताको छाया छ
।।
माया भन्ने ठुला साना दुवैको नै उस्तै होला ।
यस्तै पीडा तिमीलाई दिदा मुटु भए मन
रोला ।।
नेपाल आमा रोईन भने मेरो पनि आशुँ भर्छ
।
म पनि त उनकै सन्तान म भित्र
नि देशभक्ति छ ।।
तिमी र म मानव सबको धर्ती आकाश
भिन्दै छ र ?
अहमताको रोग हटाई मानवताको व्यवहार
गर ।।
अमृत भनि विष पिलाउदा जो पनि त
मर्छ होला ।
धोका नदेउ मलाई जस्तै अरुको नि मन
रोला ।।
ईश्वर सबको एउटै हुन छुट्रयाउछौ तिमीले
किन?
रुप देख्दा लोभ लाग्यो जात
सुन्दा घृणा किन ?
अहम किन गर्छौ यहाँ ठूलो जातको हुँ
भनेर ?
रगत सबको रातो हुन्छ के पायौ र
भिन्नता ?
रुवाउनुनै थियो भने किन
गास्यौ आत्मियता ?
म भित्र नि मुटु चल्छ मनभरी माया छ ।
सानै जातको भए पनि मानवताको छाया छ
।।
माया भन्ने ठुला साना दुवैको नै उस्तै होला ।
यस्तै पीडा तिमीलाई दिदा मुटु भए मन
रोला ।।
नेपाल आमा रोईन भने मेरो पनि आशुँ भर्छ
।
म पनि त उनकै सन्तान म भित्र
नि देशभक्ति छ ।।
तिमी र म मानव सबको धर्ती आकाश
भिन्दै छ र ?
अहमताको रोग हटाई मानवताको व्यवहार
गर ।।
अमृत भनि विष पिलाउदा जो पनि त
मर्छ होला ।
धोका नदेउ मलाई जस्तै अरुको नि मन
रोला ।।
ईश्वर सबको एउटै हुन छुट्रयाउछौ तिमीले
किन?
रुप देख्दा लोभ लाग्यो जात
सुन्दा घृणा किन ?
0 comments:
Post a Comment