दुखी जिबन बिताउँदै छु, प्रदेशमा घुमी
कस्तो भयो होला आज, मेरो खोटाङ हौचूर जन्मभूमि ??
मार्सी धान झुल्दो होला, गैरी खेत भरी,
बिरहमा गाउँदो होला, डाली बसी चरी ।।
साँझपख झ्याउँकिरीको, त्यो उराठे भाका,
सम्झ्यो भने मुलसरी, रसाउँछन यि आँखा। ??
डांडाँको सानु घर, त्यो खरको छानो,
उस्तै छ कि जन्मभूमि, भै
सक्यो बिरानो?
साना साना भाइ बैनी, ठुला भए होलान,
बाल्यकालका संगिनीले, भुल्दै गए होलान !
कहिले पुग्थेउँ काफ्ले डाँडा, कहिले पुलको पारि,
स्कुल बाट भागी पुग्थेउँ, कहिले सल्ला घारी ।।
पौडी खेल्दै रावाखोला, बस्थेउँ ढुंगा माथि,
ऐसेलु र काफल खोज्दै, हिड्थेउँ संगी साथी ।
कर्कलाको पात ओड़थेउँ पर्दा सिम सिम झरी,
तस्बिर बनि आतित त्यो, घुम्छ
आँखा भरि।।
तस्बिर बनि आतित त्यो, घुम्छ आँखा भरि।।
अमृत खोटाङ
खड्का,दुबई
0 comments:
Post a Comment