मुटु भित्र अनगिन्ति, चोट भाको मान्छे
हजुर !
जन्मदा नै दु:ख सँग , मित लाको मान्छे
हजुर !!
दोष दिन्न दैबलाइ, ब्यथा किन
दियौ भनि
को नै छ र ? चाहे जती, सबै पाको मान्छे
हजुर !
आफु जती दुखे पनि, दुखाउदिन अरुलाइ !
आउँदा नै जाने पनि, कसम खाको मान्छे
हजुर !
सहि दिन्छु चोट हरु, बाँचिदिन्छु
जसो तसो !
भत्किए थ्यो दिलको छानो,
फेरी छाको मान्छे
हजुर !
सुकि सक्यो गला मेरो,
भयो केहि बोल्दिन म !
बिरहका गित हिजो, धेरै गाको मान्छे
हजुर !
हजुर !
जन्मदा नै दु:ख सँग , मित लाको मान्छे
हजुर !!
दोष दिन्न दैबलाइ, ब्यथा किन
दियौ भनि
को नै छ र ? चाहे जती, सबै पाको मान्छे
हजुर !
आफु जती दुखे पनि, दुखाउदिन अरुलाइ !
आउँदा नै जाने पनि, कसम खाको मान्छे
हजुर !
सहि दिन्छु चोट हरु, बाँचिदिन्छु
जसो तसो !
भत्किए थ्यो दिलको छानो,
फेरी छाको मान्छे
हजुर !
सुकि सक्यो गला मेरो,
भयो केहि बोल्दिन म !
बिरहका गित हिजो, धेरै गाको मान्छे
हजुर !
अमृत खोटाङ खड्का,दुबई

0 comments:
Post a Comment