प्राण भन्दा प्यारो छ, मेर खोटाङ जिल्ला

ad+1

प्राण भन्दा प्यारो छ,मेर खोटाङ जिल्ला , खोटाङ को गुन गाउने, हक मलाई मिल्ला
जहां मेरि आमाको, बाल्यकाल बित्यो
त्यहि ठांउले आज मेरो, अन्तर मन
खिच्यो

म पनि खोटाङ कै माटोमा हुर्किएं
मावाली ममताले जन्मे देखि फुर्किंए
तसर्थ खोटाङ जिल्ला अति प्रीय
लाग्छ

उन्कै लागि दूनियांमा बांच्ने ईच्छा जाग्छ
स्वर्ग जस्तै प्यारो छ त्यो सेरोफेरो
त्यस्तो ठाउंमा हुर्किने भाग्य रैछ मेरो
ज्यान भन्दा अमूल्य मामा दाजु भाइ
दूनियांमा कतिलाई भाछ कहां पाई
बनपाखाको माझमा नौडांडा गाउं

रमणीय यस्तो धर्ति मैले कहां पाउं
जुनीभरि नौडांडाको काखमा रमाउं
उन्को न्यानो ममता पिएर अघाउं
नछुटोस युग युग दूधको नाता
पूण्य ठाउंमा हुर्कायौ धन्य विधाता
वास्तवमा खोटाङ जिल्ला अति धनि छ
प्राकृतिक सम्पदा गनि गनि छ
जहां मेरी आमाले धर्ति टेकेको
पहिलो नजरमा संसार देखेको
त्यसैले म भन्छु खोटाङ जिल्ला प्यारो
उन्को आशिष नभए जीवन चल्न गाह्रो
!!! !!! !!!

अमृत खोटाङ खड्का,दुबई

0 comments: