ad+1

प्यारो लाग्छ मेरी आमा जन्मेको हौचूर
खौटाङ, ठाउँ
फुस्रदमा हमेशा लाग्छ जाउँ जाउँ
स्वर्ग जस्तो पवित्र ठाउँ कहां पाउँ?
जहाँ मेरी जन्मदाता जन्मिएको गाउँ ।

कति सुन्दर मेरी आमा हुर्केको घर,
फुलै फुल्ले सजिएको छ वरपर,
पाखा र पखेरा हरियाली कस्ता,
मलेवा चरिसंग उडि रहुँ जस्तो
गाउँको काखैबाट आंधी बहेको
फांटभरि धान फलि झुलिरहेको
माछा पनि प्रशस्तै बुदुना र काने
बकुल्लोको हुलले मनपरि खाने ।

सांझ पर्दा खेतभरि पाहा कराउने।
ईन्द्र हर्षित भएर वर्षा गराउन ।
रावा खोलाको तिरैमा गाई चराउने,फकि्रएको औसेलुले पेट भराउने।

रावा खोलामा पौडेर म पनि रमाएं,पानीभित्र कत्ले र बाम समाएं।
चौतारीमा आमाको मीठो गन्ध पाएं,
अनि उन्को यादमा आंशु बगाएं।

पारि पट्टि उभिएको भालु पहरा,
ऐेसेलू खर्कडांडाको थुम्कोमा सानो बजार,
आउने जाने देखियो यात्री हजार।गाउंबाट पारि पट्टि चण्डिका माई,
मनो भाकल गर्नेहरु मन्दीरमा आई।घरमाथि अगाडिनै रैछ विधालय,
जहांबाट विकासको हुन्छ उदय।

आमाले जस्तै न्यानो मायां गर्ने मामा।
त्यसैले त भनिन्छ मामा कि आमा।
नाम जस्तै ठाउं पनि कति मिलेको,
नौडांडाको माझमा हिमाल खिलेको।

खोटाङ जिल्ला भनेसि हुन्छु भुत्तुक्क,
समय मिल्नसाथ पुग्छु सुटुक्क,
प्यारो लाग्छ मेरी आमा जन्मेको ठाउँ
प्राण भन्दा पनि प्यारो हौचूर खोटाङ गाउ

अमृत खोटाङ
खड्का,दुबई

0 comments: