लासमाथि मेरी आमा

ad+1

लासमाथि मेरी आमा झम्टी–झम्टी रुँदा,
तिमी कुम ठोकी ठोकी नाचिदिनू ।

संस्कारअनुरुप मेरो अन्त्येष्टिको मन्त्र
जपिंदा,
तिमी खित्का छोडी उन्माद
हाँसो हाँसीदिनू ।

श्मशानघाटतर्फ मेरो मलामीको लस्कर
लाग्दा,
तिमी सुन्दर
भविष्यको परिकल्पना गर्दै
जन्तीसहित पराईघर जानू ।

श्मशानघाटमा मेरो चिता निर्माण हुँदा,
तिमी आफ्नो गगनचुम्बी महलको सिंहावलोकन
गर्नू ।

मेरो पार्थिव शरीर चितामाथि चढाईंदा,
तिमी सुखानुभूतिका साथ कर्मघर
सम्हाल्नू ।

मेरो मुखमा दागबत्ती परेको बेला,
तिमी तालीको एक गडगडाहट
मच्चाउनू ।

म अग्निले पूरै खरानी भएको बेला,
तिमी संसार विजय भएको सम्झनू।

िजयको गौरवोत्सवमा ‘विशाल
पार्टी’ को आयोजना गर्नू ।
बश विजयको उच्छवास फेर्नू

अमृत खोटाङ खड्का,दुबई



0 comments: